महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था हुन्छ ः प्रधानमन्त्री ओली

काठमाडौं ८ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गरेका छन् ।
ललितपुरको सानेपामा विहीबार सुरु भएको अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको प्रर्दशनी उद्घाटन गर्दै ओलीले हालैका निर्वाचनहरुबाट ४१ प्रतिशत महिला निर्वाचित भएको स्मरण गराउँदै अब कानुनी रुपमा पुरुष सरहनै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिवद्धता जनाएका हुन् ।
उनले महिलाहरुले गरेका जुनसुकै कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मुलुक निर्माणका लागि महिलाहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।
महिलाहरुले आरक्षणभन्दा पनि पुरुष सरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले महिलाहरुलाई सबल बनाएर मात्रै मुलुकलाई अघि बढाउन सक्ने स्मरण गराउदै महिलाहरुलाई प्रतिष्पर्धी क्षमता विकासतर्फ अग्रसर हुन पनि आहृवान गरेका छन् ।
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाएर समाजिक अन्धविश्वासलाई हटाउन लागिपर्ने बताइन् ।
उनले महिलाहरु आर्थिक रुपमा सवल नभएकै कारण समाजमा महिला हिंसा बढेको पनि धारणा राखिन् । मन्त्री थापाले राजनीतिक अस्थिरताका कारण विगतमा महिला सशक्तिकरणको अभियान सफल हुन नसकेको पनि उल्लेख गरिन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












