बिर्तामोडमा आँखाको नानी संकलन केन्द्र स्थापना
सुरुङ्गा, झापा, ९ चैत । झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गरेको छ ।
दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गर्न अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गर्दै नानीसमेत प्रत्यारोपण गर्न शुरु गरेपछि आँखाका रोगीसहित आँखादान गर्न चाहने सर्वसाधारणसमेत उत्साहित बनेका छन् ।
बिर्तामोड नगरपालिका–१ का राजकुमार ओलीले आफू मरेपछि पनि आफ्नो आँखाले संसार देख्न पाओस् भन्दै आफूले आँखा दान गरेको बताउनुभयो । उहाँले आँखा दान आफ्नो सानो प्रयास भएको बताउँदै अरुलाई पनि आँखा दान गर्न आग्रह गर्नुभएको छ ।
आँखाको नानी संकलन र प्रत्यारोपण सेवा झापाबाटै पाइने भएपछि आँखाका बिरामीले अब काठमाडौँसम्म धाउनु नपर्ने भएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुरजकुमार रौनियारले बताउनुभयो ।
आँखा दान गर्न चाहने व्यक्तिले मेची आँखा अस्पतालमा इच्छापत्र फाराम भरे पुग्छ । इच्छापत्रकै आधारमा आँखा दान गर्न चाहेको व्यक्तिको मृत्यु भएपछि उनीहरुको आँखाको नानी निकालिने गरेको अस्पतालका डाइरेक्टर डा पुरुषोत्तम जोशीले बताउनुभएको छ ।
मानिसको मृत्यु भएको आठ घण्टासम्ममा निकालिएको आँखाको नानी प्रयोगमा ल्याउन सकिने चिकित्सकले बताएका छन् ।
मेची आँखा अस्पतालमा आँखाको नानी निःशुल्क प्रत्यारोणका लागि स्थापना गरिएको नानी संकलन केन्द्रमा थप जनशक्ति र आवश्यक पूर्वाधारसमेत तयार गरिँदै लगेको आँखाको नानी संकलन तथा परामर्शदाता डा पुष्पप्रसाद अधिकारीले बताउनुभयो ।
मृत शरीरबाट निकालिने आँखाको नानी मेची आँखा अस्पतालले संकलन गर्न थालेपछि आँखा दान गर्नका लागि इच्छापत्र फाराम भर्नेको अहिले अस्पतालमा लर्काे लागेको देख्न सकिन्छ ।
तिलगंगा स्वास्थ्य प्रतिष्ठान र आँखा बैंकको प्राविधिक सहयोगमा आँखाको नानी संकलन केन्द्र गत चैत ४ गते उद्घाटन गरिएपछि आँखा दान गर्नेको लर्काे लागेको हो । आँखा अस्पतालले हालसम्म १५१ वटा आँखाको नानीको समेत सफल प्रत्यारोपण गरिसकेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा हरेक वर्ष नेपालसहित भारत र भुटानका एक लाख ६० हजार मानिसले आँखाको सेवा लिने गरेका छन् । त्यसमध्ये २५ हजारको शल्यक्रिया हुँदै आएको बताइएको छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...












