बिर्तामोडमा आँखाको नानी संकलन केन्द्र स्थापना
सुरुङ्गा, झापा, ९ चैत । झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गरेको छ ।
दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गर्न अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गर्दै नानीसमेत प्रत्यारोपण गर्न शुरु गरेपछि आँखाका रोगीसहित आँखादान गर्न चाहने सर्वसाधारणसमेत उत्साहित बनेका छन् ।
बिर्तामोड नगरपालिका–१ का राजकुमार ओलीले आफू मरेपछि पनि आफ्नो आँखाले संसार देख्न पाओस् भन्दै आफूले आँखा दान गरेको बताउनुभयो । उहाँले आँखा दान आफ्नो सानो प्रयास भएको बताउँदै अरुलाई पनि आँखा दान गर्न आग्रह गर्नुभएको छ ।
आँखाको नानी संकलन र प्रत्यारोपण सेवा झापाबाटै पाइने भएपछि आँखाका बिरामीले अब काठमाडौँसम्म धाउनु नपर्ने भएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुरजकुमार रौनियारले बताउनुभयो ।
आँखा दान गर्न चाहने व्यक्तिले मेची आँखा अस्पतालमा इच्छापत्र फाराम भरे पुग्छ । इच्छापत्रकै आधारमा आँखा दान गर्न चाहेको व्यक्तिको मृत्यु भएपछि उनीहरुको आँखाको नानी निकालिने गरेको अस्पतालका डाइरेक्टर डा पुरुषोत्तम जोशीले बताउनुभएको छ ।
मानिसको मृत्यु भएको आठ घण्टासम्ममा निकालिएको आँखाको नानी प्रयोगमा ल्याउन सकिने चिकित्सकले बताएका छन् ।
मेची आँखा अस्पतालमा आँखाको नानी निःशुल्क प्रत्यारोणका लागि स्थापना गरिएको नानी संकलन केन्द्रमा थप जनशक्ति र आवश्यक पूर्वाधारसमेत तयार गरिँदै लगेको आँखाको नानी संकलन तथा परामर्शदाता डा पुष्पप्रसाद अधिकारीले बताउनुभयो ।
मृत शरीरबाट निकालिने आँखाको नानी मेची आँखा अस्पतालले संकलन गर्न थालेपछि आँखा दान गर्नका लागि इच्छापत्र फाराम भर्नेको अहिले अस्पतालमा लर्काे लागेको देख्न सकिन्छ ।
तिलगंगा स्वास्थ्य प्रतिष्ठान र आँखा बैंकको प्राविधिक सहयोगमा आँखाको नानी संकलन केन्द्र गत चैत ४ गते उद्घाटन गरिएपछि आँखा दान गर्नेको लर्काे लागेको हो । आँखा अस्पतालले हालसम्म १५१ वटा आँखाको नानीको समेत सफल प्रत्यारोपण गरिसकेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा हरेक वर्ष नेपालसहित भारत र भुटानका एक लाख ६० हजार मानिसले आँखाको सेवा लिने गरेका छन् । त्यसमध्ये २५ हजारको शल्यक्रिया हुँदै आएको बताइएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...













