ईयूको चुनावी प्रतिवेदन अस्वीकार्य : निर्वाचन आयोग
काठमाडौं,९ चैन । मंसिरमा सम्पन्न भएकाे संघ र प्रदेश निर्वाचन पर्यवेक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको युरोपेली युनियन (ईयू) पुनः विवादमा तानिएको छ। ‘संघीय संसद् र प्रदेशसभामामा खस आर्यलाई समावेश गर्न नहुने’ ईयूले दिएको सुझावलाई लिएर चौतर्फी आलोचना भएको हो। ईयूले नेपालमा जातीय र साम्प्रदायिक द्वन्द्व फैलाउन खोजेको दाबी विभिन्न दलका नेताहरूको छ भने सरकारले पनि ईयूको प्रतिवेदनप्रति कडा आपत्ति जनाइसकेको छ।
बिहीबार मात्रै पनि निर्वाचन आयोगले ईयूको प्रतिवेदन अस्वीकार गर्ने बताएको छ। आयोगले विज्ञप्ति निकाल्दै ईयूको प्रतिवेदन आयोगसँग भएको समझदारीपत्र विपरीत भएको भन्दै प्रतिवेदन अस्वीकार्य गर्ने जनाएको हो। ईयू प्रतिवेदन आफूसँग भएको समझदारीविपरीत भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिताविपरीत भएको आयोगले प्रस्ट्याएको छ। ‘प्रतिवेदनले कात्तिक ७ (२४ अक्टोबर २०१७) गते ईयू र निर्वाचन आयोगबीच भएको समझदारीपत्र र सो समझदारीपत्रसाथ संलग्न निर्वाचन पर्यवेक्षण आचारसंहिताका १२ वटा बुँदाको गम्भीर उल्लंघन गरेको देखिन्छ’, आयोगको वक्तव्यमा छ।
निर्वाचनसँग सम्बन्धित विषयमा मात्र सुझाव दिन पाइने समझदारी भए पनि ईयूले भने सार्वभौम मुलुकको संवैधानिक व्यवस्थालाई नै चुनौती दिने गरी प्रतिवेदन तयार गरेको आयोगको तर्क छ।
आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पर्यवेक्षणको सीमाबाहिर गई पर्यवेक्षण गर्ने र प्रतिवेदन गर्ने सम्बन्धमा निर्वाचन आयोगले आगामी दिनमा निर्वाचन पर्यवेक्षण गर्ने संस्थालाई अनुमति प्रदान गर्दा अझ गम्भीर हुनेछ।’
अन्तर्राष्ट्रिय मान्यताअनुसार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न निर्वाचनका सन्दर्भमा क्षेत्राधिकार बाहिरका कतिपय विषयसमेत संलग्न गरी ईयूले निर्वाचन पर्यवेक्षण प्रतिवेदन तयार गरेको आयोगको ठहर छ।
ईयूले मंगलबार ‘प्रतिनिधिसभा र प्रदेशसभाको जातीय संरचनासम्बन्धी आरक्षण प्रणालीको प्रभावको समीक्षा गर्ने र समावेश गरिएका समूहबाट खस आर्यलाई हटाउने विषय पनि प्रतिवेदनमा सुझाव दिएपछि ईयू विवादमा तानिएको हो। ईयूले मंगलबारै निर्वाचन आयोगलाई प्रतिवेदन बुझाएको थियो।
दलहरूको विरोध
माओवादी केन्द्रका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ईयूले आफ्नो क्षेत्राधिकारबाहिर गएर प्रतिवेदन तयार गरेको दाबी गरे। उनले नेपालको सार्वभौमसत्तामाथि प्रहार गर्ने गरी ईयूले हस्तक्षेप गर्न खोजेको भन्दै सरकारलाई यस्ता गतिविधिलाई रोक्नुपर्नेमा जोड दिए। उनले भने, ‘पर्यवेक्षण टोलीको काम चुनावी वातावरणको रिपोर्टिङ गर्ने हो न कि संविधानमा के गर्ने नगर्ने भन्ने बोल्दै जाने हो।’
पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेता डा.प्रकाशशरण महतले कुनै विदेशी संस्थाले नेपाललाई यस्तो गर वा नगर भनेर सुझाव दिनुको औचित्य नरहेको बताए। उनले भने, ‘हामीले नेपाली समाजलाई हेरेर आरक्षणको व्यवस्था गरेका हौैं, ईयूले यो जातिलाई आरक्षणमा राख÷नराख भन्नु जायज छैन।’
पूर्वपरराष्ट्रमन्त्री महतले युरोपका धेरै मुलुकभन्दा नेपाल बढी समावेशी भएको दाबीसमेत गरे।यस्तै पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले पनि संविधानमा भएको व्यवस्था खारेज गर्न ईयूले सुझाव दिनु अवाञ्छित, अनावश्यक र हस्तक्षेपकारी भएको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘नेपाली जनताका बीचमा विवाद र विभाजनको बिउ रोप्ने यस्ता कार्य नगर्न युरोपियन युनियनलाई परराष्ट्र मन्त्रालयले सचेत गराउनुपर्छ।’
प्रेस काउन्सिल नेपालले पनि बिहीबार विज्ञप्ति जारी गर्दै ईयूको प्रतिवेदनप्रति आपत्ति जनाएको छ। प्रेस काउन्सिलकै कतिपय सन्दर्भमा गलत, भ्रामक र आधारहीन किटानी गरिएको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न भर्खरै सम्पन्न आमनिर्वाचनबारे अनावश्यक टिप्पणी गरेको भन्दै काउन्सिले आपत्ति जनाएको हो।
परराष्ट्र मन्त्रालयले पनि बुधबार विज्ञप्ति जारी गर्दै ईयूको प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। ईयूका कतिपय सुझाव सार्वभौम नेपाल जनताले लेखेको नेपाली समाज सुहाउँदो समावेशी नेपालको संविधानलाई नजरअन्दाज गर्न खोजेको भन्दै सरकारले आपत्ति जनाएको थियो। सरकारले ईयूलाई सुझाव फिर्ता लिनसमेत आग्रह गरेको छ।
यता नेपाल आदिवासी जनजाति महासंघले भने सरकारको विरोध गर्दै ईयूको प्रतिवेदनको बचाउ गरेको छ। महासंघका अध्यक्ष जगतबहादुर बरामद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ईयू प्रतिवेदनले नेपालको वर्तमान राजनीतिक अवस्था र समावेशीकरणलाई सही तरिकाले औंल्याएको छ।’
नेपाल बार एसोसियसनका महासचिव खम्मबहादुर खातीले भने महासंघले विदेशी संस्थाको प्रलोभनमा कानुनी राज्यको खिल्ली उडाएको टिप्पणी गरे। उनले भने, ‘महासंघले परराष्ट्र मन्त्रालयको विज्ञप्तिको विरोध गर्दै ईयूको बचाउ गर्नु संविधान मान्दिनँ भन्नु हो। राज्यले यस्ता संस्थालाई कानुनी दायरामा ल्याउनुपर्छ।’
ईयूले कात्तिक ८ देखि पुस १९ गतेसम्म चुनावी पर्यवेक्षण गरेको थियो। २८ ईयू राष्ट्रका साथै नर्वे र स्विट्जरल्यान्डका समेत गरी सयभन्दा बढी पर्यवेक्षक परिचालन गरेको ईयूले जनाएको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...













