मान्छे खाने बाघ नियन्त्रणका लागि टोली परिचालन
रत्ननगर, चितवन, १३ चैत (रासस) ः मान्छे खाने बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहित पशु चिकित्सक र वन प्राविधिज्ञको टोली परिचालन गरेको छ ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ रमौली प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा सोमबार बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । शव उठाउने क्रममा पुनः बाघले आक्रमण गर्दा अन्य दुईजना घाइते भएका थिए ।
बाघले यसरी मान्छेलाई आक्रमण गरेपछि अन्य मानवीय क्षति हुन नदिन नियन्त्रणका लागि हात्तीसहित टोली खटाइएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
डाटगनसहित टोली परिचालन भएको चितवन निकुञ्जले जनाएको छ । सम्भव भए डार्टगनमार्फत नियन्त्रणमा लिइनेछ । बाघ नियन्त्रणमा पर्सा र चितवन निकुञ्जको संयुक्त टोली परिचालन भएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जका दुईवटा हात्ती र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको दुईवटा गरी चार हात्तीसहित पशु चिकित्सक, वन प्राविधिज्ञसहितको टोली बाघ नियन्त्रणका लागि प्रतापपुर पुगेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो ।
“टोलीले आसपास नै बाघ छ भन्ने अनुमान गरेको छ, डा गैंरेले भन्नुभयो, बाघलाई नियन्त्रणको प्रयास भइरहेको छ ।” सोमबार दिउँसो देखिनै टोली परिचालन भएको भन्दै पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले राति ११ बजेदेखि दोस्रो अपरेशन शुरु भएको जानकारी दिनुभयो ।
सो टोलीमा प्राविधिज्ञ, चिकित्सक र डार्ट टोलीसहित करीव ५० जना परिचालन भएको आचार्यले जानकारी दिनुभयो । आज पनि बिहानैदेखि टोलीले बाघको खोजी गरिरहेको जनाइएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












