एघार दिन भइसक्यो धारामा पानी आएको छैन ‘धारामा पानी कुर्दा कुर्दा दिन बित्छ’
भक्तपुर, १३ चैत । भक्तपुर नगरपालिकाभित्र खानेपानीको चरम अभाव भएको छ ।
सुख्खायामको शुरुआतसँगै उत्पादनमा कमी आएपछि काठमाडौँं उपत्यका खानेपानी लिमिटेडले हप्तामा एक दिन मात्र पानी वितरण गर्न थालेपछि नगरभित्र खानेपानीको अभाव चुलिँदै गएको छ । “एघार दिन भइसक्यो धारामा पानी आएको छैन । इनारमा पनि पानी छैन । कति किनेर खानु ?,” बिहीबार पानी आउने आशमा रित्ता गाग्री लिएर धारा कुरेर बसेकी भक्तपुर नगरपालिका–६ का रामकेशरी सुवालले भनिन्, “आज पानी आउँछ रे, त्यही भएर धारा कुरेर बसेको ।” चुनावताका मत माग्न आउँदा सबै समस्याको समाधान गर्ने वाचा गर्ने जनप्रतिनिधिले दैनिक अत्यावश्यक खानेपानीको व्यवस्था गर्न चासो नदिएको गुनासो उहाँले गर्नुभयो ।
भक्तपुर नगरपालिका–१० का कृष्णेश्वरी अवालले पनि धारामा पानी आउँछ कि भनी कुर्दा कुर्दा दिनै बित्ने गरेको दुःखेसो पोखिन् । ‘धारामा पानी आउने ठेगान छैन । आज आउँछ, भोलि आउँछ भन्दाभन्दै दुई हप्ता नाघिसक्यो, खै के गर्नू ? पानीको समस्याले अरु काम नै लथालिङ्ग भइसक्यो ।” उहाँले भन्नुभयो । सुख्खा मौसमका कारण सार्वजनिक इनारमा समेत पानी सुकेरसमस्या बढ्न थालेपछि टोलका दुई तीन घर मिलेर ट्यांकरको पानी किनी दैनिक गुजारा चलाउनुपरेको उनले बताइन् ।
बढ्दो सुख्खायामसँगै नगरपालिकाका अधिकाशं क्षेत्रमा पानीको हाहाकार मच्चिएको छ । भएका मुहान सुक्दै गएकाले सार्वजनिक ढुंगेधारा, इनार र पोखरीमा समेत पानी सुक्दै गएको छ । हप्ता दिन बिराएर धारामा पानी आए पनि ढल मिसिएर आउने समस्याले नगरवासी थप समस्यामा परेका छन् ।
केही सातायता नगरका इताछें, वंशगोपाल, बाराहीस्थान, व्यासीलगायत ठाउँमा धारामा ढल मिसिएको पानी आउने गरेको स्थानीयवासीले बताएका छन् । “धारामा पानी आउँदा कहिले कालो लेदो त कहिले साबुनको फीँज जस्तो पानी आउँछ ।” ब्याँसीकी कान्छी कोजुले भनिन्, “करीब आधा घण्टापछि भने सफा पानी आउँछ तर सफा पानी आएको एकछिनपछि धारा सुक्छ ।”
खानेपानी लि भक्तपुरका धारा निरीक्षक दामोदर गिरीले सुख्खायामका कारण भक्तपुरका भित्री क्षेत्रमा पानीमा ढल मिसिएर आउने समस्या देखापर्ने गरेको स्वीकार गरे । नगरका पुराना र जीर्ण पाइप लाइनका कारण ढल मिसिने समस्या देखापर्ने गरेको उनको भनाइ छ ।
निरीक्षक गिरीले भक्तपुर नगरभित्र जर्मनेली परियोजनाअन्तर्गत ढल विस्तार गर्ने क्रममा खानेपानीका पाइपसँगै ढलका पाइप विस्तार गरेका कारण अहिले समस्या देखा परेको बताए । उनले भने, “ढलका मंगालमै खानेपानीका पाइप छन्, त्यसैले सुख्खा याममा पानीमा ढल मिसिने समस्या देखापरेको छ ।”
खानेपानी लिले भक्तपुर नगरलाई दुई भागमा विभाजन गरेर बोडे र मुहानपोखरी स्रोतकेन्द्र नगरकोटको पानी वितरण गर्दै आइरहेको प्रमुख सुरेन्द्र हिमालयले बताए । “नगरको टौमढीदेखि पश्चिम भेगमा बोडेको पानी पाँच दिन बिराएर र पूर्वी भागमा मुहान पोखरीको तीन दिन बिराएर वितरण गर्दै आइरहेका छौंँ, उनले भने,” ‘हाल भक्तपुरमा दैनिक ८० लाख लिटर पानीको माग रहेको छ तर खानेपानी लिमिटेडले ४०÷५० लाख लिटर मात्र पानी वितरण गर्दै आएको छ ।”
बढ्दो पानीको समस्या निराकरणका लागि भक्तपुरमा दुई डिप ट्युववेल खनिए पनि पानीमा माटाको मात्रा बढी भएका कारण वितरण गर्न नसकिएको उनको भनाइ छ । उनले मेलम्चीको पानीका लागि पहल भइरहेको जानकारी दिँदै त्यसभन्दा अघि ट्युववेलको पानी प्रशोधन गरी वितरण गर्ने योजना रहेको बताए ।
दर्ता नभएका धारा
भक्तपुर नगरपालिकामा दर्ता नभएका निजी धारा छन् । स्थानीयवासीका घरघरमा जडान भएका धारा वर्षौं भइसक्दा पनि खानेपानी लिमा दर्ता भएका छैनन् । भक्तपुर नगरपालिकालाई सफा बनाउने योजनानुरुप जर्मनेली परियोजना ढल विस्तार गर्ने क्रममा सर्वसाधारणले जोडेका धारा अझै दर्ता प्रक्रियामा आउन नसकेको खानेपानी लि स्रोतले जनाएको छ ।
“ती धारा दर्ता प्रक्रियामा आउन कति अनुरोध गरेंँ तर उपभोक्ता मान्दैनन्”, खानेपानी लिका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “निरीक्षण गर्न जाँदा जथाभावी गाली गर्ने र कुटाँंैला जस्तो व्यवहार गर्छन् । ज्यानकै जोखिम हुन्छ, हामीले के गर्ने ?” रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











