जनतालाई लाभान्वित हुने योजना बनाइने : मन्त्री बोहरा
डडेल्धुरा, १४ चैत । प्रदेश सरकारले जनतालाई लाभान्वित हुने योजना निर्माण गरिरहेको प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले बताएका छन् ।
प्रेस चौतारी डडेल्धुरा शाखाले मन्त्री बोहराको गृहजिल्ला डडेल्धुरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने, लाभान्वित हुने र सर्वसाधारणको जीवनस्तर उकास्नेखालका योजना बनाइरहेको जानकारी गराउनुभयो ।
मन्त्री बोहराले प्रदेश नं ७ का अधिकांश जिल्लाका दूरदराजमा अझै पनि खानेपानीलगायत विभिन्न विकास निर्माणका कामबाट वञ्चित रहेका र अथाह समस्या रहेको बताउनुभयो । यस्ता सबैखाले समस्याको समाधानका लागि प्रदेश सरकारले विशेष योजना बनाएर अघि बढ्ने मन्त्री बोहराले जानकारी गराउनुभयो ।
चुरे तथा महाभारत क्षेत्रमा जथाभावी बनिरहेका सडकको अनुगमन तथा निरीक्षणसमेत गर्ने मन्त्री बोहराले बताउनुभयो । व्यवस्थित शहर र बसोबासका लागि योजना निर्माण गर्नसमेत लागिरहेको मन्त्री बोहराले पत्रकार सम्मेलनमा जानकारी गरउनुभयो ।
मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुग्नुभएका मन्त्री बोहराले पर्यटकीयस्थलसम्म पुग्नका लागि सडक निर्माण गर्ने बताउनुभयो ।
विकास निर्माणका कार्य हाम्रा हुन् भन्ने भावना सबैमा जागृत भएमात्रै विकास र समृिद्ध सम्भव हुने उहाँको भनाइ थियो । पश्चिम सेती परियोजनाको काम अगाडि बढाउन नेपाल सरकारलाई आग्रह गर्ने पनि मन्त्री बोहराले जनाउनुभयो ।
प्रदेश राजधानी र प्रदेशको नामकरणबारे पत्रकारको जिज्ञासामा मन्त्री बोहराले यसका बारेमा कुनै किसिमको छलफल नभएको र केही दिनमै यसबारेमा पनि छलफल शुरु हुने बताउनुभयो । दुई महिना बितिसक्दा पनि प्रदेश मन्त्रालयमा सचिव आउन सकेका छैनन् । मन्त्रालयमा सचिव नहुँदा नीतिगत निर्णय गर्न समस्या भइरहेको मन्त्री बोहराले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...













