जनतालाई लाभान्वित हुने योजना बनाइने : मन्त्री बोहरा
डडेल्धुरा, १४ चैत । प्रदेश सरकारले जनतालाई लाभान्वित हुने योजना निर्माण गरिरहेको प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले बताएका छन् ।
प्रेस चौतारी डडेल्धुरा शाखाले मन्त्री बोहराको गृहजिल्ला डडेल्धुरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने, लाभान्वित हुने र सर्वसाधारणको जीवनस्तर उकास्नेखालका योजना बनाइरहेको जानकारी गराउनुभयो ।
मन्त्री बोहराले प्रदेश नं ७ का अधिकांश जिल्लाका दूरदराजमा अझै पनि खानेपानीलगायत विभिन्न विकास निर्माणका कामबाट वञ्चित रहेका र अथाह समस्या रहेको बताउनुभयो । यस्ता सबैखाले समस्याको समाधानका लागि प्रदेश सरकारले विशेष योजना बनाएर अघि बढ्ने मन्त्री बोहराले जानकारी गराउनुभयो ।
चुरे तथा महाभारत क्षेत्रमा जथाभावी बनिरहेका सडकको अनुगमन तथा निरीक्षणसमेत गर्ने मन्त्री बोहराले बताउनुभयो । व्यवस्थित शहर र बसोबासका लागि योजना निर्माण गर्नसमेत लागिरहेको मन्त्री बोहराले पत्रकार सम्मेलनमा जानकारी गरउनुभयो ।
मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुग्नुभएका मन्त्री बोहराले पर्यटकीयस्थलसम्म पुग्नका लागि सडक निर्माण गर्ने बताउनुभयो ।
विकास निर्माणका कार्य हाम्रा हुन् भन्ने भावना सबैमा जागृत भएमात्रै विकास र समृिद्ध सम्भव हुने उहाँको भनाइ थियो । पश्चिम सेती परियोजनाको काम अगाडि बढाउन नेपाल सरकारलाई आग्रह गर्ने पनि मन्त्री बोहराले जनाउनुभयो ।
प्रदेश राजधानी र प्रदेशको नामकरणबारे पत्रकारको जिज्ञासामा मन्त्री बोहराले यसका बारेमा कुनै किसिमको छलफल नभएको र केही दिनमै यसबारेमा पनि छलफल शुरु हुने बताउनुभयो । दुई महिना बितिसक्दा पनि प्रदेश मन्त्रालयमा सचिव आउन सकेका छैनन् । मन्त्रालयमा सचिव नहुँदा नीतिगत निर्णय गर्न समस्या भइरहेको मन्त्री बोहराले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...













