राजनीतिक स्थायित्वले निकुञ्जमा पर्यटक बढे
चितवन, १४ चैत । चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ । निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९५ हजार ३५७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आवको यसै अवधिमा ८८ हजार ७२७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार आव २०७२÷७३ मा वर्षभरिमा ८७ हजार ३९१ जनामात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।
विगत तीनवर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या वृद्धि भएको अर्यालले बताउनुभयो । चालू आवको फागुनसम्ममा विदेशी ६५ हजार ८४, सार्क मुलुकका ८९ हजार ७० र नेपाली २१ हजार ३६६ जना निकुञ्ज प्रवेश गरेका छन् । गत आवमा ८७ हजार १९० विदेशी, १५ हजार ८७९ सार्क मुलुकका र ३६ हजार ५६ नेपाली पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत आव भरमा एक लाख ३९ हजार १२५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।
हालसम्मकै सबैभन्दा बढी आव २०७१÷७२ मा एक लाख ७८ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । त्यसपछि भूकम्प, नाकाबन्दीलगायतका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।
अर्यालले अन्तर्राष्ट्रिय जगत्मा नेपालमा भएको शान्ति र राजनीतिक स्थायित्वको सन्देश पुगेकै कारण क्रमशः पर्यटक बढ्दै गएको बताउनुभयो । विश्वमै दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघजस्ता जनावर हेर्न पाउने भएकाले यहाँ पर्यटक आउने गर्दछन् ।
रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...













