राजनीतिक स्थायित्वले निकुञ्जमा पर्यटक बढे
चितवन, १४ चैत । चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ । निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९५ हजार ३५७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आवको यसै अवधिमा ८८ हजार ७२७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार आव २०७२÷७३ मा वर्षभरिमा ८७ हजार ३९१ जनामात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।
विगत तीनवर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या वृद्धि भएको अर्यालले बताउनुभयो । चालू आवको फागुनसम्ममा विदेशी ६५ हजार ८४, सार्क मुलुकका ८९ हजार ७० र नेपाली २१ हजार ३६६ जना निकुञ्ज प्रवेश गरेका छन् । गत आवमा ८७ हजार १९० विदेशी, १५ हजार ८७९ सार्क मुलुकका र ३६ हजार ५६ नेपाली पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत आव भरमा एक लाख ३९ हजार १२५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।
हालसम्मकै सबैभन्दा बढी आव २०७१÷७२ मा एक लाख ७८ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । त्यसपछि भूकम्प, नाकाबन्दीलगायतका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।
अर्यालले अन्तर्राष्ट्रिय जगत्मा नेपालमा भएको शान्ति र राजनीतिक स्थायित्वको सन्देश पुगेकै कारण क्रमशः पर्यटक बढ्दै गएको बताउनुभयो । विश्वमै दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघजस्ता जनावर हेर्न पाउने भएकाले यहाँ पर्यटक आउने गर्दछन् ।
रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













