बेलीगाउँमा शव उठाउने पुरुष छैनन्
बेनी, चैत १८ मलेसियामा मृत्यु भएका बेलीगाउँका धर्मलालको शव आएपछि भावविह्वल आफन्त। तस्बिर स् सेतोपाटी।
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जान महिलाको लर्को लाग्ने गर्छ।
गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ।
गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिलामात्र रहेका स्थानीय शिक्षक लालबहादुर रोकाले बताए।
बेली गाउँ यतिबेला शोकमा छ। वैदेशिक रोजगारीका लागि मलेशिया गएका मालिका–२ बेलीका धर्मलाल रोकाको सुतेकै अवस्थामा मलेशियामा मृत्यु भएपछि गत बिहीबार रोकाको शव जिपको हुटमा बाकसभित्र राखेर घरमा पुर्याइएको थियो। एकै परिवारका तीनभाइ छोराको विदेशमा मृत्यु भएपछि शोकमा डुबेको बेली गाउँबाट रोकाको मलामीमा पनि पुरुष अत्यन्त कम देखिन्थे। छोराको शव घरमा आएपछि शोकले विह्वल भएका रोकाका बुबा धनबहादुर र आमा लिलमती रोकालाई सम्हाल्ने र सम्झाउने पुरुष पनि त्यहाँ थिएनन्।
‘गाउँमा करिब ४० घरपरिवारको बस्ती छ, सबै घरबाट पुरुष कि विदेश गएका छन्, कि आरा चिर्न, मिस्त्रीको काम गर्नका लागि गाउँबाहिर छन्,’ २९ वर्षीया देवकली विकले भनिन्, ‘यहाँ त मर्दा पर्दा मलामी जाने पनि महिला नै हो।’
जिल्लाका दुर्गम गाउँ मध्येमा पर्ने रुमको बेली गाउँमा सडक पुगेको छ। यातायातका साधन पनि गुड्ने गरेका छन्। तर आयआर्जनका लागि बलियो माध्यम नहुँदा गाउँका प्रायः सबै युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन्। उमेर ढल्केका पुरुष दैनिक ज्याला मजदुरीका लागि आरा चिर्ने, घर निर्माण गर्ने वा अन्य कामका लागि जिल्लाका विभिन्न गाउँमा पुगेका छन्।
गाउँ पुरुषविहीन भएपछि पुरुषले गर्ने काम पनि महिलाले नै गर्नुपर्ने अवस्था आएको स्थानीयवासी टेकी विकले बताइन्। टेकी विक विबेली गाउँको खोल्सामा पानी घट्ट चलाउँछिन्। घट्ट चलाएर गाउँलेको अन्न कुटानी पिसानी गरेबापत पाएको अन्न र रुपैयाँले घरखर्च चलाउने गरेको उनले बताइन्।
‘श्रीमान् ज्यामी काम गर्नका लागि गाउँबाहिर जानुभएको छ, घरमा कहिलेकाहीँ मात्र आउनुहुन्छ”, चार छोराछोरीकी आमा विकले भनिन्, ‘घरका सबै काम मैले नै गर्नुपर्छ।’
रोकाको परिवारलाई सान्त्वना दिन बिहीबार बेली गाउँ पुगेका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले युवालाई आफ्नै गाउँरठाउँमा रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिएको बताए।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











