जाजरकोट अस्पताल किन बन्दै छ बेहाल
जाजरकोट, १८ चैत । जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा जानुभएको र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ ।
अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत पनि बिना बिदा एक वर्षदेखि अमेरिका बस्दै आउनुभएको छ । गत कात्तिकमा आएर जागिर जोगाउनुभएका उहाँको त्यस यता हाजिरी रजिष्ट्ररमा गायल जनाइएको छ । त्यस्तै मेडिकल अधिकृत डा कृष्णजंग शाह, मेडिकल अधिकृतहरू डा धर्मराज रेग्मी केशरजंग कार्की र डा सुनिल पुन पनि जिल्ला अस्पतालमा हुनुहुन्न । विभिन्न बहानामा जिल्ला छोड्नुभएका उहाँहरू कोही व्यक्तिगत रुपमा, कोही एमडीको तयारीमा त केही तामिलमा हुनुहुन्छ ।
यता जिल्ला अस्पताल भने करार सेवामा कार्यरत सिकारु डा अमिन शाहको भरमा चलिरहेको छ । पचास श्ययाको जिल्ला अस्पताल डा शाहले जेनतेन चलाइरहनुभएको छ ।
अस्पतालको प्रशासनिक प्रमुखको जिम्मेवारी पनि उहाँले चलाउनु पर्दा उपचारमा समेत बाधा पुगिरहे पनि यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन । अस्पताल प्रमुख नै नभएपछि चिकित्सकहरू आफू खुशी जिल्ला बाहिर हिँड्दा उपचार सेवा प्रभावित भएको स्थानीय बासिन्दाको गुनासो छ ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीका अनुसार अस्पताल प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कार्य अस्तव्यस्त र उपचार सेवा प्रभावित भएकाले काज फिर्ता गर्न पटकपटक ताकेता गरे पनि पहुँचको भरमा डा जैसवाल मन्त्रालयमा काजमा बस्दै आउनुभएको छ । मैले पटकपटक काज फिर्ता गराउन ताकेता गरे तर सुनुवाइ नभएको चर्चा गर्दै उहाँ भन्नुहुन्छ – “जिल्ला अस्पतालमा दरबन्दीमा कार्यरत कुनै पनि चिकित्सक जिल्लामा छैनन् । एकजना करारका चिकित्सकको भरमा जिल्ला अस्पताल चलिरहेको छ । एकजनाले २४ सै घण्टा उपचार गर्न कसरी भ्याउँछन् । निकै समस्या भइसक्यो ।”
जिल्ला अस्पतालमा मात्र होइन जिल्लाका ग्रामीण भेगमा रहेका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्रसमेत चिकित्सकविहीन छन् । दल्ली, लिम्सा र गर्खाकोटमा कार्यरत मेडिकल अधिकृत विभिन्न बहानामा जिल्ला छोडेर गएपछि ती स्वास्थ्य संस्था चिकित्सकविहीन भएका हुन् ।
लिम्सामा कार्यरत डा सञ्जीवकिरण प्रधान, गर्खाकोटमा कार्यरत डा पवन शाक्य र दल्लीमा कार्यरत डा सञ्जयकुमार यादव र डा सञ्जय थापा एक महिनादेखि जिल्ला बाहिर जानुभएको छ । डा यादव जाजरकोटका प्रमुख जिल्ला अधिकारी शाहीले धम्क्याएको भन्दै जिल्ला छोडको बताइन्छ भने अन्य चिकित्सक एमडीको तयारीमा काठमाडौँ गएका हुन् । लामो समयपछि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक गएर उपचार सेवा दिन थालेपछि खुशी भएका स्थानीय बासिन्दा अहिले निराश छन् ।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र शाहले अस्पताल प्रमुख जैसवाललाई काजमा राखेर स्वास्थ्य विभागले नै अस्पताललाई अस्तव्यस्त पारेको प्रतिक्रिया दिनुहुन्छ । उहाँलेकाजमा रहेका डा जैसवालको काज फिर्ता गर्न र अन्य चिकित्सकलाई पनि जिल्लामा नियमित बस्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।
छैन सिटामोल
सरकारले ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जिल्ला अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैन । यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ ।
बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो । अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलीन, बुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल, कफ सिरफ, आरएल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिको अभाव छ । मौसम परवर्तनसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ तर निःशुल्क पाइने औषधिसमेत नपाइँदा सेवाग्राही मर्कामा छन् ।
अस्पतालमा प्रसुति सेवाका लागि गज, कटन, ग्लोब्सलगायतक सामग्री अभाव छ । भेरी नगरपालिकाले चालू आवमा औषधि खरिदका लागि बजेट नछुट्याउँदा यो समस्या भएको हो तर नगरपालिकाले भने २५ श्ययासम्मका अस्पतामा मात्र औषधि पु¥याउने आफ्नो क्षेत्राधिकार भएको तर यो अस्पताल ५० श्ययाको भएकाले बजेट छुट्याउन समस्या भएको जनाएको छ ।
दुई वर्षअघि १५ श्ययाको जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० श्ययाको बनाइएपछि औषधि पाइन छाडेको हो ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...












