संघीय अनुदानबाट कर्णाली प्रदेश बन्दैन : मुख्यमन्त्री
सुर्खेत, १८ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको अनुदानबाट कर्णाली प्रदेश बन्न नसक्ने बताउनुभएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल, काठमाडौंँद्वारा आयोजित ‘कर्णाली प्रदेश समृद्धिको लागि जलविद्युत्’ विषयको अन्तक्र्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीय सरकारले कूल बजेटको ५० प्रतिशत छुट्याए पनि यहाँ अपर्याप्त नै हुने जिकिर गर्दै प्रदेश समृद्ध बनाउनका लागि चाहिने पुँजी जुटाउने अधिकार संघले प्रदेश सरकारलाई दिनुपर्ने माग गर्नुभयो । कार्यक्रममा संघीय कानून निर्माण गर्दा कर्णाली प्रदेशका लागि अलग व्यवस्था हुनुपर्ने माग राखिएको थियो ।
लगानी आह्वान
कर्णाली प्रदेशको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पु¥याउन लगानीकर्तालाई सो प्रदेशमा लगानी गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री शाहीले “कर्णाली प्रदेशको समृद्धिका लागि जलविद्युत्’ कार्यक्रमबाट यहाँ लगानी गर्ने लगानीकर्ताको लगानीको पूर्ण प्रतिफल नउठुञ्जेल व्यवसायीबाट कर नलिने उद्घोष गर्नुभयो ।
उहाँले स्वदेशी उत्पादन र उपभोगमा जोड दिएर सो प्रदेशमा उत्पादित हरेक वस्तु त्यहाँका नागरिकले प्रयोग गनैपर्ने नीति बनाइने जनाउनुभयो ।
रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













