सिरियामा रासायनिक हतियार प्रयोग गरेको पुष्टि
बेरुत, १९ चैत। सिरियामा जारी द्वन्द्वका क्रममा सरकारी सेना तथा सुरुमा विद्रोहीका पक्षबाट समेतगरी रासायनिक एवम् घातक हतियारको आक्रमण गरिएको पुष्टि भए पनि त्यसमा संलग्नलाई कारबाही भने भएको छैन ।
सुरुमा विद्रोहीले पनि केही स्थानमा सरकारी सेनामाथिको हमलाका क्रममा यस्ता हतियार हानेका देखिएको थियो । तर अधिकारवादीहरु तथा संयुक्त राष्ट्रसंघको आग्रहका कारण यसरी हमला गर्ने क्रम विपक्षी विद्रोहीहरुले भने रोकेका छन् ।
छानबीनका लागि नयाँ समितिहरु गठन गरेका बताइएको भए पनि सिरियाली सरकारलाई कुनै कारबाही भने भएको छैन । तर त्यस विषयमा प्रमाणहरु जुटाउने काम भने भएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।
रासायनिक हतियारको उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाउन बनेको एक संगठन, ओपिसिडब्ल्युले गरेको अनुसन्धानमा भनिएको छ– सन् २०१४ बाट सुरु भएका यस्ता आक्रमणहरुमध्ये कम्तीमा पनि ७० वटा आक्रमणमा यस्तो घातक हमला भएको पाइएको छ ।
उक्त संस्थाले सन् २०१४ देखि यस्तो हमलाको बारेमा अनुसन्धान थालेको र त्यसमा सूचनामा आएका ३७० वटा आक्रमणका घटनामध्ये ७० वटामा यस्तो घातक पदार्थ प्रयोग गरेको पाइएको जनाएको थियो ।
यसरी गरिने कारबाहीमा विभिन्न घातक प्रकृतिका ग्यासहरुको प्रयोग भएको अनुसन्धानमा संलग्न राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।
रासायनिक हतियारको प्रयोग गरी नागरिकमाथि घातक हमला गरिएको भन्दै यसले पर्नसक्ने नकारात्मक प्रभावका लागि सरकारलाई कारबाही गर्ने चेतावानी संयुक्त राष्ट्रसंघले दिएको थियो ।
ती हातहतियार र घातक ग्यासको प्रयोग भएको बारेमा अनुसन्धान र निरीक्षण गर्न राष्ट्रसंघले नै एक संयन्त्रको स्थापना गरेको थियो । अनुगमनका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि अनुसन्धान संयन्त्र बनाएको छ ।
सिरियामा सुरुका केही वर्षहरुमा सरकारी सेनाले नै विद्रोहीलाई आक्रमण गर्दा यस्ता घातक हतियारको प्रयोग गरेको भनी व्यापक मात्रामा गुनासो आएको थियो ।
सो विषयमा केही वर्षअघि नै विज्ञ टोली गठन गरी अनुसन्धान गर्न खोज्दा सिरियाली सरकारले दिएको थिएन । अहिले पनि सिरियाली सेनाले गरेका हमलाहरुमा अनुसन्धान गर्न मानवअधिकारवादीहरुको पहूँच कमै हुने गर्दछ ।
विगतदेखि नै यस विषयको अनुसन्धान प्रभावकारी रुपमा अघि बढ्न नसकेपछि राष्ट्रसंघले विभिन्न समयमा टोलीहरु नै गठन गरेको हो । (रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












