पशुपक्षी बीमा गराउने क्रम बढ्दै
दाङ, १९ चैत । पछिल्लो समयमा जिल्लाका पशुपालक किसानमा पशुपक्षीको बीमा गराउने क्रम बढेको छ । बीमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङ जिल्लामा पशुपछी बीमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
पशु बीमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बीमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपक्षी बीमा गराउने क्रम बढेको कार्यालयका प्रमुख डा चन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७४÷७५ को पुस मसान्तसम्म यहाँ आठ हजार ७७६ पशुपक्षीको बीमा भएको छ । जसमा गाईभैँसी २०४, बाख्रा २९४, बंगुर ४९, कुखुरा लेयर्स एक हजार ८०० र ब्रोइलर छ हजार, २२९ बटाको बीमा गरिएको छ ।
विसं २०७१ देखि जिल्लामा नेशनल लाइफ, शिखर, एभरेष्ट इन्स्योरेन्स बीमा कम्पनीमार्फत पशुपक्षीको बीमा गराउँदै आएको र त्यसबापत रु चार करोड ६३ लाख ३८ हजार संकलन भएको छ ।
बीमा कम्पनीले एउटा पशुको एक वर्षका लागि निर्जीवन बीमा गर्दै आएका छन् । कुखुराको बीमा सरदर रु ७००, उन्नत गाईको रु एक लाख ५० हजार, उन्नत भैँसीको बीमा रु एक लाख २५ हजारसम्म रहेको छ ।
पशु सेवा कार्यालयले पशुपालक किसानलाई बीमाप्रति आकर्षित गर्न सार्वजनिक सूचना प्रवाह र गोष्ठी तथा विभिन्न कार्यक्रम गर्दै आएको छ । बीमा अभिकर्ता पनि हाल गाउँ गाउँमा पुगेर सिकानलाई बीमा बारेमा जानकारी दिंदै आएका छन् । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













