समृद्ध अर्थतन्त्र निर्माणमा सहकारीको योगदान
काठमाडौँ, २० चैत समृद्ध अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको सरोकारवालाले बताएका छन् ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ६१ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा ‘सहकारीमार्फत आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण’ विषयक अन्तक्र्रिया तथा पुरस्कार वितरण कार्यक्रमका वक्ताले सो कुराको जानकारी दिंदै प्रशस्त सम्भावना भए पनि यत्सको सहीरुपमा उपयोग गर्न नसक्दा मुलुकको विकास हुननसकेको बताएका हुन् ।
कृषि,भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि र सहकारीलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा मुलुकले आर्थिक विकास गर्न नसकेको बताउनुभयो । उहाँले सहकारीमार्फत किसानको जीवनस्तरमा सुधार ल्याउनुका साथै बेरोजगारलाई रोजगारी दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ३०४ अर्ब बचत रहेको सहकारी क्षेत्रलाई बाहिर राखेर मुलुकको विकास सम्भव नभएको भन्दै सरकार र सहकारी हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्थिर सरकारसँगै मुलुकमा लगानीको वातावरण बन्दै गएको छ भन्दै आर्थिक उपार्जनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीले छरिएर रहेको श्रम, सीप र पुँजीलाई एकीकृत गर्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै सहकारी सञ्चालनमा सहज वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए । विसं २०१३ मा चितवनबाट ‘बखान सहकारी संस्था’ को नाममा शुरु भएको सहकारी हाल ३४ हजार ५१२ वटा पुगिसकेको छ ।
दुई सहकारी र दुई व्यक्ति पुरस्कृत
मन्त्रालयले यस वर्षको सहकारी पुरस्कार महारानीझोडा साना किसान कृषि सहकारी संस्था झापा र जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीलाई प्रदान गरेको छ ।
मन्त्रालयले महारानीझोडा सहकारीका अध्यक्ष मीनाकुमारी ढकाल र जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौडेललाई रु एक लाख ५० हजार नगद, दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरेको हो ।
यसैगरी यो वर्षको व्यक्ति पुरस्कार केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका पूर्व प्राचार्य सूर्यरत्न शाक्य र नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संस्था (नेफस्कुन)का पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङलाई प्रदान गरेको छ । पुरस्कार राशि रु एक लाख र सम्मानपत्र रहेको छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...













