मलेसियामा मृत्यु भएका खड्काको परिवारले क्षतिपूर्ति पाएनन
काठमाडौँ, २१ चैत । “बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है ।”
यो भनाइ सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो । आशिषको मनमा अनेक सपना थिए । बाबा विदेशबाट आउँदा के के किन्न लगाउँछु र कहाँ कहाँ घुम्न जान्छु भन्ने । उनकी छोरी १८ वर्षीय अस्मिता भन्दै थिइन्, “बाबा म कक्षा ११ गाउँमा सकिएपछि काठमाडौँ गएर पढ्छु है ।” शेरबहादुरले पनि छोरीको कुरामा सहमति जनाएका थिए ।
यही फागुन १४ गते रातको १० बजेसम्म उनले परिवारका सदस्यसँग कुराकानी गरेर सुतेका थिए । सुतेको एक घण्टापछि अर्थात राती १२.३० बजे मलेसियाबाट शेरबहादुरको नम्बरबाट फोन आयो, फोन आएपछि किन गरेको होला, भर्खरै त फोन गरेको, किन फेरि गरेका होलान भनेर झस्किए । शेरबहादुरले पहिले त्यसरी फोन नगर्ने गरेको उनकी श्रीमती गोपी खड्काले बताइन् ।
फोन शेरबहादुरको नभएर उनको साथीको आएको रहेछ । उनको साथीले अचानक भने, “शेरबहादुरलाई अचानक गाह्रो भएर यहीँकै अस्पतालमा लगेका छौँ ।” त्यति भनिसकेपछि चिन्ता नलिनु भन्दै उताबाट फोन काटियो । उक्त फोनपछि परिवारका सबै सदस्य आत्तिए । उनका साथीले चिन्ता नलिनु भनेपछि सबै सुते ।
२ बजेदेखि फेरि फोनको घण्टी बजिरहेको रहेछ । दुई÷तीन पटक फोन आइसकेपछि मात्र छोरी अस्मिताले फोन उठाइन् । फोन उठाउने वित्तिकै उताबाट आवाज आयो, “तपाईंको बुबा यो संसारमा रहेनन् ।” त्यसपछि परिवारमा रुवावासी शुरु भयो । गाउँले पनि परिवारलाई सान्त्वना दिन आइपुगे ।
शेरबहादुर विसं २०७१ असारमा मलेसियामा वैदेशिक रोजगारीको लागि गएका थिए । फर्निचरको काम गर्न भनेर गएका उनी त्यहाँ गएर पनि त्यही काम नै गर्न थालेका थिए । तर केही महिनामा तलब बढाइदिने भने पनि उही तलबमा तीन वर्षसम्म काम गरिरहे ।
परिवारको ऋण तिर्न नसकेपछि उनले पुनः एकवर्ष थप गरी काम गर्ने निधो बनाएका थिए । ०७४ असारमा नै म्याद सकिए पनि ०७५ असारसम्मका लागि समय थप गरी कामलाई निरन्तरता दिएका थिए । तर उनको अचानक मृत्युपछि चारजना छोराछोरीलाई पढाउने र ऋण तिर्ने जिम्मेवारी उनकी श्रीमती गोपीको काँधमा आइपरेको छ ।
बीमालगायत क्षतिपूर्ति पाउन गोपी भाइ बलबहादुर केसीको साथ काठमाडौँ आइपुगिन । तर काठमाडौँ आएपछि उनले थाहा पाइन् कि उनले ती सबै रकम नपाउने रहिछन् । तर म्यानपावरबाट भने उनले एक लाख ३० हजार क्षतिपूर्तिबापतको रकम पाउनुभयो । उहाँ भन्नुहुन्छ, “श्रीमान् विदेश जाँदाको ऋण अझै तिर्न बाँकी छ, छोराछोरीलाई पनि कसरी पढाउनु ?”
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायत बीमा कम्पनी सबैतिर उनका भाइ र उनी भौतारिँदा पनि कतैबाट क्षतिपूर्ति नपाउने बताएकाले आफू निराश भएर फर्किएको उहाँ बताउनुहुन्छ । उनका कान्छा छोरा अहिले सात वर्षका भए, त्यस्तै माइला छोरा १२, जेठो १६ र छोरी १८ वर्षकी भइन् । छोराछोरीलाई अब आफूले पढाउनसक्ने अवस्था नरहेको र सरकारले पढाइदिन्छ भन्ने सुनेर काठमाडाँैसम्म धाएको उनले बताए ।
मलेसिया लगायत बाह्य देशमा एक वर्ष समय थप गरेर बस्न पाउने भए पनि नेपालमा भने ६ महिनासम्म मात्र मान्यता दिने गरेको छ । “नेपालमा यसरी म्याद नाघिसकेपछि पनि विदेशमा बस्नेको संख्या धेरै भएको र म्याद नाघेपछि मृत्यु हुनेको संख्या धेरै भएपछि नै तिनीहरुलाई क्षतिपूर्ति दिने क्षमता सरकारमा नभएपछि ऐनमा परिवर्तन गरेका हौँ ।”
नेपाल पर्यटन प्रवद्र्धन बोर्डका प्रमुख रघुराज काफ्लेले भने– “०७४ साउन १६ गतेबाट म्याद सकिएपछि मृत्यु हुने र दुर्घटनामा पर्नेलाई क्षतिपूर्ति बापतको रकम नदिने निर्णय सरकारले गरेको उनले बताए ।”
यो वर्षभित्र म्याद भएकाको हकमा र यही वर्ष अनुमति लिएकाको हकमा स्वतः एक वर्ष थप हुने उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...












