मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ
राजविराज, २६ चैत । नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले अवैध रुपमा मदिरा ओसारपसार गर्ने क्रममा भारतको मधुवनी बस्ने ३१ वर्षीय वीरेन्द्र साह, २५ वर्षीय बैजु मण्डल, २५ वर्षीय सुरेन्द्र यादव, २० वर्षीय मुकेश मण्डल, १८ वर्षीय पवनकुमार यादव र सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बस्ने ४२ वर्षीय पुतौल सिंह भन्ने सन्तोषकुमार सिंहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।
भारतीय नम्बरको मोटरसाइकलमा मदिरा राखी भारततर्फ निकासी गरिरहेको अवस्थामा सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ स्थित रामप्रसाद सिंहको घरमा ठूलो परिमाणका विभिन्न ब्राण्डका मदिरा भण्डारण गरिराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ परेका मदिरा करीब रु ६ लाख मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मानिससहित मदिरालाई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...













