स्थानीय तहमा चेम्बर अफ कमर्श
खोटाङ, २६ चैत। दुईवटा नगरपालिका तथा आठ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीय तहमा नेपाल चेम्बर अफ कमर्श स्थापना गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अन्तर्गत ‘स्थानीय राजश्व परामर्श समितिमा व्यवस्था भएको निजी क्षेत्रको उद्योग वाणिज्यसम्बन्धी मान्यताप्राप्त संस्थाको गाउँ वा नगर समितिअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा समिति गठन गरिएको हो ।
केही समयअघि मात्र नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य खुसनारायण सैँजुको अध्यक्षतामा गठन भएको खोटाङ चेम्बर अफ कमर्शमा आबद्ध रहनेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकासहित अन्य आठवटा गाउँपालिकामा समिति गठन गरिएको छ ।
सुमन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय दिक्तेल रुपाकोट मझुवागढी चेम्बर अफ कमर्श, किशोर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय हलेसी तुवाचुङ चेम्बर अफ कमर्श, मीना राईको अध्यक्षतामा १३ सदस्यीय दिप्रुङ चुइचुम्मा चेम्बर अफ कमर्श, दीर्घबहादुर मगरको अध्यक्षतामा १३ सदस्यीय बराहपोखरी समिति, रावाबेँसीमा खेमराज देउसालीको अध्यक्षतामा तथा जन्तेढुंगामा गणेश उदासको अध्यक्षतामा तथा केपिलासगढीमा भानु तिम्सिनाको अध्यक्षतामा १५ सदस्यीय समिति र पुष्पराज श्रेष्ठको अध्यक्षतामा ऐसेलुखर्क चेम्बर अफ कमर्श गठन गरिएको छ ।
यस्तै, साकेला गाउँपालिकामा शिवकुमार बस्नेतको अध्यक्षतामा नौ सदस्यीय समिति तथा खोटेहाङ गाउँपालिकामा प्रदीप आचार्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । (रासस)
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













