गाउँघरमा विषुको चटारो
दार्चुला, २७ चैत । नयाँ वर्ष २०७५ को स्वागत गर्न अर्थात् विषु पर्व मनाउनका लागि गाउँघरमा तयारी तीव्र पारिएको छ ।
नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई विषु पर्वका रुपमा भव्यताका साथ मनाउने परम्परागत चलन रहँदै आएको छ । दार्चुला मात्र नभइ प्रदेश नं ७ का अन्य जिल्लामा समेत विषु पर्व प्रमुख चाडका रुपमा मनाउने गरिन्छ ।
विषु पर्व मनाउनका विदेश गएकाहरु अहिले घर फर्कन थालेका छन् । मुख्यतया रोजगारीको सिलसिलामा भारतको विभिन्न शहरमा गएकाहरु घर फर्कने क्रम बढेको छ । जिल्लाको खलंगा, दत्तु र जौलजीवी नाकाबाट दैनिक रुपमा रोजगारीको सिलसिलामा भारतको विभिन्न शहर गएकाहरु फर्कने क्रम जारी छ । ग्रामीण क्षेत्रमा विषु पर्वको तयारी तथा सामानको जोहो गर्ने चटारो चलिरहेको छ । विषुका लागि सामान खरिद गर्न सीमावर्ती बजारमा स्थानीयवासीको भीड लाग्ने गरेको छ ।
जिल्लाको मार्मा क्षेत्रको गुल्जरमा विषु जात्रासमेत लाग्ने गर्छ । प्राचीनकालमा सञ्चार साधनको अभावमा परदेशीको रैवार घरसम्म नपुग्ने अवस्थामा वर्षमा एक पटक अनिवार्य रुपमा विषु पर्वमा घर पुग्नु पर्ने बाध्यता थियो । विषु पर्वमा राम्रो परिकार, परिहनका साथै रमाइलो गर्ने चलन छ । देवर भाउजू, नन्द भाउजू र साली भिनाजुबीच सिस्नु लगाउने चलन छ । खासगरी विषु पर्व विष पखाल्ने पर्वका रुपमा मनाइन्छ ।
बिहानै स्नान गरी सिस्नु लगाई विष पखाल्ने परम्परा रहेको स्थानीयवासी जयसिंह धामी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिस्नु लगाई नयाँ वर्ष मनाउने पुरानो चलन हो । अहिले विषु पर्वलाई विशेष भेटघाटका रुपमा लिने गरिन्छ ।” रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...













