गाउँघरमा विषुको चटारो
दार्चुला, २७ चैत । नयाँ वर्ष २०७५ को स्वागत गर्न अर्थात् विषु पर्व मनाउनका लागि गाउँघरमा तयारी तीव्र पारिएको छ ।
नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई विषु पर्वका रुपमा भव्यताका साथ मनाउने परम्परागत चलन रहँदै आएको छ । दार्चुला मात्र नभइ प्रदेश नं ७ का अन्य जिल्लामा समेत विषु पर्व प्रमुख चाडका रुपमा मनाउने गरिन्छ ।
विषु पर्व मनाउनका विदेश गएकाहरु अहिले घर फर्कन थालेका छन् । मुख्यतया रोजगारीको सिलसिलामा भारतको विभिन्न शहरमा गएकाहरु घर फर्कने क्रम बढेको छ । जिल्लाको खलंगा, दत्तु र जौलजीवी नाकाबाट दैनिक रुपमा रोजगारीको सिलसिलामा भारतको विभिन्न शहर गएकाहरु फर्कने क्रम जारी छ । ग्रामीण क्षेत्रमा विषु पर्वको तयारी तथा सामानको जोहो गर्ने चटारो चलिरहेको छ । विषुका लागि सामान खरिद गर्न सीमावर्ती बजारमा स्थानीयवासीको भीड लाग्ने गरेको छ ।
जिल्लाको मार्मा क्षेत्रको गुल्जरमा विषु जात्रासमेत लाग्ने गर्छ । प्राचीनकालमा सञ्चार साधनको अभावमा परदेशीको रैवार घरसम्म नपुग्ने अवस्थामा वर्षमा एक पटक अनिवार्य रुपमा विषु पर्वमा घर पुग्नु पर्ने बाध्यता थियो । विषु पर्वमा राम्रो परिकार, परिहनका साथै रमाइलो गर्ने चलन छ । देवर भाउजू, नन्द भाउजू र साली भिनाजुबीच सिस्नु लगाउने चलन छ । खासगरी विषु पर्व विष पखाल्ने पर्वका रुपमा मनाइन्छ ।
बिहानै स्नान गरी सिस्नु लगाई विष पखाल्ने परम्परा रहेको स्थानीयवासी जयसिंह धामी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिस्नु लगाई नयाँ वर्ष मनाउने पुरानो चलन हो । अहिले विषु पर्वलाई विशेष भेटघाटका रुपमा लिने गरिन्छ ।” रासस
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...













