सिरियाली सैनिक अखडामा इजरायलले आक्रमण गर्याे
दमासकस, सिरिया, २६ चैत। सिरियाली सेनाले सोमबार विहानै सेनाको टियास–४ (टि–४) हवाई अखडामा लेवनानी आकासतर्फबाट भएको हमलामा इजरायली एफ–१५ युद्धक विमानको प्रयोग भएको जनाएको छ ।
सेनाको होम्स नजिकै रहेको हवाइ अखडामा भएका आक्रमणबाट १४ जनाको ज्यान गएको र दर्जनौँ सर्वसाधारण घाइते भएका सिरियाली सैनिक स्रोतले उल्लेख गरेको छ ।
सिरियाली राज्य सञ्चालित टेलिभिजनका अनुसार बिहानै लेवनानी आकासबाट हवाई आक्रमण भएकामा केयौँ रकेटलाई गन्तव्यमा पुग्नुपूर्व आकासमा नै सेनाको क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको सहयोगमा निस्क्रिय पारिएको थियो भने केही हवाई अखडासम्म नै पुगेका थिए ।
राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटामा विद्रोहीहरूको नियन्त्रण रहेको डुमा नगरमा रासायनिक अस्त्र प्रयोग गरेर भएको भनिएको आक्रमणबारे अन्तर्राष्ट्रिय स्तरमा निन्दा व्यक्त भइरहेका बेला यो पछिल्लो घटना भएको हो । रसायनिक हमला भएको आरोप प्रत्यारोप चलिरहेका समय टियास हवाई अखडामा भएको आक्रमणलाई सिरियाले सुरुमा संयुक्त राज्य अमेरिकाले गराएको हुनसक्ने बताएको थियो ।
प्रहार गरिएका आठ वटामध्ये पाँचवटा क्षेप्यास्त्रहरू बीचमै खसालिएको र तीन वटा हवाई अखडाको पश्चिमपट्टि खस्न पुगेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
सन् २०१२ यता सिरियास्थित अखडाहरूमा दर्जनौँ पटक आक्रमण गरेको स्वीकारेको इजरेलले यस घटनाबारे केही प्रतिक्रिया दिएको छैन । इरानी समूहहरूले सिरियाली भूमिमा बसेर आफूविरोधी गतिविधि सञ्चालन गर्नसक्ने भन्दै सिरियालाई इरानी लडाकूबाट प्रभावित बन्न नदिने इजरायलले बताउँदै आएको छ । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...













