अल्जेरियामा सैनिक विमान दुर्घटना २५७ जनाको मृत्यु
अल्जेरिया, २८ चैत । चालक दलका १० सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान वुधबार दुर्घटना भएको छ ।
राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट दक्षिणपश्चिम अल्जेरियाको टिन्डोफका लागि उडेको केही बेरमै विमान दुर्घटनामा परेको अल्जेरियाली अधिकारीले बताएका छन् ।
इल्युशिन २–७६ विमानमा यात्रारत अधिकांश सैनिक अधिकारी र उनीहरूका परिवारका सदस्य रहेका र दुर्घटनामा सम्पूर्ण व्यक्तिको निधन भएको अल्जेरियाली अधिकारीले जनाएका छन् ।

घटनास्थलमा पुगेका एएफपी फोटो पत्रकारले अल्जेरियाको बोफारिक हवाई शिविर नजिकै विमान जलेर ध्वस्त भएको अवस्थामा देखेको बताएका छन् ।
अल्जाएर्सको दक्षिणपश्चिमी क्षेत्रबाट घटनास्थलतर्फ सयौँ एम्बुलेन्स तथा दर्जनौँ दमकल साइरनसहित गएका उनले बताए ।
अल्जेरियाका रक्षामन्त्रीले एक विज्ञप्ति जारी गरी विमानमा यात्रारत १० जना चालक दलका सदस्यसहित २४७ यात्रुको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।

उपरक्षामन्त्री जनरल अहमद गाइद सालेहले विमान दुर्घटनास्थलमा पुगी घटनाको विवरण लिनुभएको रक्षा मन्त्रालयले बताएको छ ।
अल्जेरियाको कोन्सटेन्टाइनमा यस पहिले सन् २०१४ को फेब्रुवरीमा भएको विमान दुर्घटनामा ७७ जनाको मृत्यु भएको थियो भने सोही बर्ष जुलाईमा भएको अर्को अल्जेरियाली विमान दुर्घटनामा ११६ जनाको निधन भएको थियो ।रासस÷एएफ्पी
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...













