अमेरिका र रुसका कारण सिरियामा नयाँ द्वन्द्व सुरु
काठमाडौँ, १ वैशाख । सिरियामा युद्ध त गएको आठ वर्षदेखि जारी नै छ, तर पछिल्ला क्रियाकलाप हेर्दा लाग्छ यहाँ फेरि नयाँ द्वन्द्वको संकेत देखिँदैछ । कतिपय विश्लेषकले त यसलाई अमेरिकाले रुसको रिस सिरियामा पोख्नसक्ने सम्मको स्थितिको आँकलन पनि गरेका छन् ।
यस्तो द्वन्द्वका सुरुवात शनिबारबाटै सुरु भएजस्तो देखिन्छ । शनिबार बिहानैदेखि सिरियामा अमेरिकी नेतृत्वमा आक्रमण सुरु भएको छ । अमेरिका, बेलायत र फ्रान्सले यहाँ हवाई आक्रमण थालेका बिबीसीले जनाएको छ । बिबीसीले जनाएअनुसार शनिबार सिरियाको राजधानी सहर दमासकस र यसको वरपरका क्षेत्रमा आक्रमणका आवाज सुनिएका छन् र ती आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका अखडालाई लक्ष्य बनाएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि आफ्नो ट्वीटर अकाउन्टमार्फत भन्नुभयो– सिरियामा त्यहाँका राष्ट्रपति र उनका सहयोगीमार्फत ठूलो हिंसा मच्चाइएको छ, रासायनिक हतियारको प्रयोगले नरसंहार भएकोले अब त्यहाँ अमेरिकाले सैन्य कारबाही गर्नसक्छ ।
उहाँको अभिव्यक्तिले सिरिया समस्याले टाउँको दुखाइरहेको विश्व समुदायमा नयाँ तरंग थपिदिएको छ । यसअघि पनि सिरियामा सैनिक कारबाहीका लागि पटक पटक पहल गरेको अमेरिकालाई रुसको कदमले संयुक्त राष्ट्रसंघमा रोकेकाले अवस्थामा यस पटकको उहाँको यो आसयले सिरियामा फेरि अमेरिकी सैनिक कारबाही सुरु हुने त होइन भन्ने त्रास विश्वमा फैलिएको थियो, परिस्थिति नभन्दै यही रुपमा मोडिएको छ ।
सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेको जानकारी अमेरिकी राष्ट्रपतिले जानकारी दिनुभएको छ । उहाँले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हामीले हमला गरेका छौँ । उहाँले आफूलाई बेलायत र फ्रान्सले पनि साथ दिएको र संयुक्त सेनाले सो हमला गरेको बताउनुभएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि सिरियामा पछिल्लो समयमा हात हतियार प्रदर्शनी, तथा सैन्य कारबाहीको खतरा बढेको बताउनुभएको थियो । उहाँले भन्नुभयो– सिरियाली सरकारको हठ र त्यहाँ बढ्दो हिंसात्मक क्रियाकलापका कारण पछिल्लो समयमा त्यहाँ हतियारको थप प्रदर्शनको खतरा बढेको छ भन्नुभएको थियो ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा महासचिव गुथ्रेसले भन्नुभयो– अहिलेको अवस्था हेर्दा अब फेरी पनि हिंसात्मक कारबाहीको झन ठूलो खतरा देखिन्छ, त्यसैले यसको निराकरणका लागि हामीले नै पहल गर्नुपर्छ ।
संयुक्त राष्ट्रसंघ अहिले पनि सिरियाली समस्याको शान्तिपूर्ण समाधानको पक्षमा रहेको भन्दै सुरक्षा परिषद्ले नै यसका लागि आधार निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि सबैलाई आग्रह पनि गर्नुभयो ।
उहाँले संयुक्त राज्य अमेरिका र रुसका कारण त्यस्तो खतरा बढेको संकेत त गर्नुभयो तर स्पष्ट रुपमा भने भन्नुभएको छैन । हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रुसका कारणले हिंसा बढेको भन्दै त्यहाँ अमेरिकाले कारबाही सुरु गर्ने बताएपछि यसको चस्को राष्ट्रसंघमा पनि परेको देखिन्छ ।
उहाँले सिरियामा रुस र इरानले त्यहाँको सरकारलाई समर्थन गरेर सहयोग गरिरहेकोले शान्तिपूर्णरुपमा वार्ताको माध्यमबाट समस्याको समाधान गर्न नसकिएको भन्दै बरु अब सिरियामा सैन्य कारबाहीको लागि अमेरिका तयार रहेको बताउनुभएको थियो ।
त्यसको जवाफमा रुसले पनि सिरियामा हतियारको कारबाही हुने हो भने त्यो अमेरिकाको भूल हुने बताएको थियो । उसले आफूले सहयोग गरेको नभएर सिरियामा आतंककारी क्रियाकलाप बढेका बताएको थियो । शनिबार आक्रमणपछिको प्रतिक्रियामा रुसले भनेको छ, हामीले यसको प्रतिक्रिया नदिइ बस्न सक्दैनौँ, समयमै जवाफ दिनेछौँ । तर त्यो जवाफ के र कस्तो प्रकारको हो भन्ने बारेमा भने केही बताएको छैन ।
अमेरिका र रुसले पछिल्लो समयमा दिएका यी अभिव्यक्तिका कारण महासचिव गुथ्रेसले सिरियामा सैन्य कारबाहीको खतरा बढेको बताउनुभएको हो । सिरियामा त्यहाँको सरकारले पछिल्लो समयमा रासायनिक हतियारको प्रयोग गरिरहेको भन्दै यसले त्यहाँ ठूलो हिंसा मच्चाएको पनि उहाँले बताउनुभयो । यस्ता हतियारको प्रयोगको बारेमा अनुसन्धान भइरहेको र त्यसमा संलग्नले पक्कै पनि कानुनी कारबाही भोग्ने पनि उहाँले बताउनुभयो ।
अब सिरियाली युद्ध अर्काे चरणमा प्रवेश गरेको छ । यसअघि कहिल्यै नभएको तीन देशले मिलेर सिरियामाथि हमला सुरु गरेका छन् । उनीहरुको तारो रासायनिक हमला मात्र हुने छैन र यहाँको सरकार नै हुनेछ भन्ने आसय धेरैको छ । यसले अबको सिरिया समस्या कसरी समाधानतर्फ जान्छ भन्ने बारेमा सोधपुछ गर्न थालिएको छ ।
फ्रान्सेली समाचार समिति, एएफपीले दिएको समाचारमा लेखिएको छ– दमासकस वरिपरि हमलाका ठूला आवाज सुनिएका छन् र यहाँको आकासमा पनि धुवाँको मुस्लो देखिन्छ । यसले दमास्कस वरिपरिका क्षेत्रमा ठूलो र शक्तिशालीरुपमा हमला भएको प्रष्ट्याएको छ । यसबाट अबको सिरियाली युद्धको समाधानको बाटो कतातर्फ मोडिने हो भन्ने बारेमा यसै भन्न सकिने अवस्था छैन ।
आठवर्ष अघि सिरियासँगै केही अरेबियाली देशमा तानाशाहा विरुद्धको आन्दोलन सुरु भयो । सोही आन्दोलनले लिबियाका तानाशाहा गद्दाफिसहित अरु पनि कैयौँलाई हुत्यायो । यसबीचमा सिरियामा धेरै पानीमात्र होइन कि सिरियालीको रगत नै बगेको छ । तर आठ वर्षपछि पनि सिरियामा वसन्तको बहार आउन सकेको छैन । यहाँका नागरिकले प्रजातन्त्रको फल चाख्न पाउनु त कता हो कता शान्तिसँग आफ्नै थातथलोमा बस्नसमेत पाएका छैनन् । यसबीचमा यहाँ घटीमा पनि चार लाख नागरिकले ज्यान नै गुमाएका छन् । अरु लाखौँ लाख घाइते छन् भने दशौँ हजार घरबाट लखेटिएर विदेशमा शरणार्थी भएर बाँच्नुपरेको छ ।
सिरिया फेरि एकपटक विश्वका शक्ति राष्ट्रहरुको युद्धको खेलमैदान बन्न पुगेको छ । फेरि पनि बम र बारुदको शिकार सर्वसाधारण नागरिक र बालबालिका हुने हुन् कि भन्ने त्रास बढेको छ । एकजना व्यक्तिको सत्ताको लोभले यहाँ दिनदिनै रगतको खोलो बगिरहेको छ । अहिले सुरु भएको नयाँ आक्रमणले अब रगत बगाउने होइन समाधानको बाटो पहिल्याओस । सिरियालीले शान्तिसँग सास फेर्न र आफ्नो जनजिवीकालाई निरन्तरता दिन पाउन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...













