प्रदेशसभा ५ मा बजेट छलफल, बजेटमा खल्तीको योजना समेतको चर्चा

बुटवल, २ बैशाख। प्रदेशसभा ५ को बैठकमा सरकारले ल्याएको बजेटमाथि छलफल सुरु भएको छ ।
आइतबारको बैठकको सुरुमा कांग्रेस सांसद अष्ठभूजा पाठकले विचार राख्दै प्रदेश ५ को पहिलो बजेटमा किसानका कुरा कम परेको बताउनु भयो । ‘सरकारले निकै साँघुरो बजेट ल्याएको छ, धेरै क्षेत्र छुटेका छन् यसलाई र फराकिलो बनाउनुपर्नेछ’ उनले भने ।
त्यस्तै गरी अर्का सांसद कृष्णध्वज खड्काले बजेट कार्यान्वयनमा सबै जुट्नुपर्ने बताएका छन् । उनले बजेटमा खल्तीका योजना पार्ने प्रचलनलाई बन्द गर्नुपर्ने बताए । ‘योजना बदल्ने र गोजाबाट योजना आउने कामलाई कडाई गरौं’ खड्काले भने ।
सांसद तारा जिसीले प्रस्तुत बजेटले आफुहरुलाई कुहिरोमा अलमलिएको काग जस्तै बनाएको टिप्पणी गरिन् । ‘गाउँपालिकाको बजेट जस्तै छ, सरकारको आगामी बजेट पनि आशालाग्दो नहुने संकेत यसले गरेको छ’ उनले भनिन् ।
जिसीले भनिन् “हामीलाई बजेटले हास्य पात्र बनायो, केन्द्रकै मुख ताक्नुपर्ने भए किन संघीयताको अभ्यास गरेको, संघीयतामा प्रदेशलाई बजेट अभाव भएको छ, यस्तै भए हाम्रो पार्टीले भनेजस्तै गरी ढिलोचाँडो संघीयता खारेज हुनेछ ।”
सांसद दीर्घनारायण पाण्डे बजेटले धेरै कुरा समेट्न नसेकेको बताए । ‘सरकारले हतारमा बजेट ल्याउदाको परिणाम यस्तो भएको हो’ उनले भने ।
प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट पेश गरेका थिए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












