प्रदेशसभा ५ मा बजेट छलफल, बजेटमा खल्तीको योजना समेतको चर्चा

बुटवल, २ बैशाख। प्रदेशसभा ५ को बैठकमा सरकारले ल्याएको बजेटमाथि छलफल सुरु भएको छ ।
आइतबारको बैठकको सुरुमा कांग्रेस सांसद अष्ठभूजा पाठकले विचार राख्दै प्रदेश ५ को पहिलो बजेटमा किसानका कुरा कम परेको बताउनु भयो । ‘सरकारले निकै साँघुरो बजेट ल्याएको छ, धेरै क्षेत्र छुटेका छन् यसलाई र फराकिलो बनाउनुपर्नेछ’ उनले भने ।
त्यस्तै गरी अर्का सांसद कृष्णध्वज खड्काले बजेट कार्यान्वयनमा सबै जुट्नुपर्ने बताएका छन् । उनले बजेटमा खल्तीका योजना पार्ने प्रचलनलाई बन्द गर्नुपर्ने बताए । ‘योजना बदल्ने र गोजाबाट योजना आउने कामलाई कडाई गरौं’ खड्काले भने ।
सांसद तारा जिसीले प्रस्तुत बजेटले आफुहरुलाई कुहिरोमा अलमलिएको काग जस्तै बनाएको टिप्पणी गरिन् । ‘गाउँपालिकाको बजेट जस्तै छ, सरकारको आगामी बजेट पनि आशालाग्दो नहुने संकेत यसले गरेको छ’ उनले भनिन् ।
जिसीले भनिन् “हामीलाई बजेटले हास्य पात्र बनायो, केन्द्रकै मुख ताक्नुपर्ने भए किन संघीयताको अभ्यास गरेको, संघीयतामा प्रदेशलाई बजेट अभाव भएको छ, यस्तै भए हाम्रो पार्टीले भनेजस्तै गरी ढिलोचाँडो संघीयता खारेज हुनेछ ।”
सांसद दीर्घनारायण पाण्डे बजेटले धेरै कुरा समेट्न नसेकेको बताए । ‘सरकारले हतारमा बजेट ल्याउदाको परिणाम यस्तो भएको हो’ उनले भने ।
प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट पेश गरेका थिए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












