सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
वासिङटन, २ वैशाख । अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन गरिएको समाचार छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनाँै प्रदर्शनकारीहरुले सो आक्रमणका विरुद्ध शनिबार हस्ताक्षर संकलन गरेका हुन् ।
अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा शनिबार बिहानै आक्रमण सुरु गरेको २४ घण्टा पनि नवित्दै उनीहरुले हस्ताक्षर संकलन सुरु गरेको समाचारमा जनाइएको छ ।
प्रदर्शनकारीहरुले पहेँलो व्यानर सहित “सिरियालाई मुक्त गर”, “सिरियामा अमेरिकाको युद्ध हुदैन” “सिरियामाथिको बम आक्रमणले मानवलाई फाइदा गर्दैन, यस्ले उनीहरुलाई मार्छ,” जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए ।
उनीहरुले युद्धतर्फको बाटो छोडेर शान्तिको मार्ग रोज्न पनि आह्वान गरेका थिए । उनीहरुले विभिन्न सहरहरुमा शृंखलाबद्ध रुपले प्रदर्शन गरेका छन् ।
सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रहरूमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका हुन् ।
यो हमला अहिलेको लागि पूरा भएको अमेरिकाले बताएको छ । अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारहरुको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ ।
यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको थियो ।
सुरक्षा परिषदको आकस्मिक बैठक
यसैबीच सो आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आकस्मिक बैठक शनिबार बसेको छ ।
सो बैठकमा उपस्थित संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले सिरियाका बारेमा गम्भीर भएर सोच्न आग्रह गर्नुभएको थियो ।
उहाँले सिरियाको वर्तमान अवस्था अत्यन्तै नाजुक रहेकोले यसको समाधान सोही अथवा गम्भीर रुपमा नै सोच्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सिरियाले रासायनिक हतियारहरुले आक्रमण गरेर नागरिक हत्या गर्नु ठूलो भूल हो भन्दै तर त्यसका विरुद्धमा हतियारकै कारबाही पनि राष्ट्रसंघले सोचेको विकल्प होइन भन्नुभयो ।
रुसको कडा विरोध
सो बैठकमा रुसले भने उक्त आक्रमणको विरोध गरेको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूतले सो आक्रमणको विरोध गर्नुभएको हो ।
उहाँले सिरियामा बिना सूचना र तीन वटा देशको सेनाले एकै पटक हवाई हमला गरेर अन्तर्राष्ट्रिय कानुनको अपव्याख्या र उल्लंघन गरेको आरोप लगाउनुभएको थियो ।
यसको प्रतिउत्तरमा अमेरिकी विशेष दूतले भने सिरियाली सरकारले यस्ता घातक आक्रमणहरु गर्दा पनि रुसले विरोधको सट्टा उल्टै सघाएको आरोप लगाउनुभएको समाचारमा जनाइएको छ ।
सिरियाद्वारा निन्दा
यसैबीच उक्त हमलाको सिरियाले निन्दा गरेको अर्काे एक समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघका लागि सिरियाली राजदूत बसर जा अफारीले अमेरिकी नेतृत्वको सो हमलाको निन्दा गर्नुभएको हो ।
राजदूत अफारीले भने– अमेरिकी नेतृत्वका ती देशले गरेको सो हमला अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुन विपरीत भएको भन्दै उनले पहिलेको दोस्रो विश्वयुद्धपछिको शीतयुद्धकालीन अवस्था पुनः फर्किएको धारणा पनि राखे ।
उनले यस्तो हमलाले सिरियामाथि ठूलो अन्याय भएको भन्दै तुरुन्त यस्ता सिरियामाथि धावा बोल्ने कार्य रोक्न लगाउन विश्व समुदायसमक्ष आग्रह गर्नुभएको पनि समाचारमा जनाइएको छ ।(रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












