अखिलका एक सदस्यले एक विद्यार्थी भर्ना गराउने
काठमाडौँ, ४ वैशाख। ।नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पु¥याउन यही वैशाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए ।
अभियान सञ्चालन गर्नका लागि अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालको संयोजकत्वमा आठ सदस्यीय एक समिति गठन गरिएको छ ।
सरकारले सरकारले ‘सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ मूल नाराका साथ वैशाख १ गतेदेखि सामुदायिक विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पुर्याउनका लागि भर्ना अभियान सञ्चालन गरेको हो ।
अभियानअन्तर्गत अनेरास्ववियुका केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, विश्वविद्यालय कमिटीका प्रत्येक सदस्यले एकजना विद्यार्थी अनिवार्य भर्ना गराउनुपर्ने महासचिव महरले बताए ।
यस्तै देशभरिका उच्चमाध्यमिक, माध्यमिक र स्थानीय कमिटीले पनि एक–एक विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गराउने भएका छन् ।
संयोजक बरालले विद्यार्थी भर्ना गर्न केन्द्रीय कमिटीका सदस्य बुधबारबाटै जाने बताए ।
अझै पनि प्राथमिक तहमा २.८ प्रतिशत र आधारभूत तहमा ७.७ प्रतिशत विद्यार्थी विद्यालय बाहिर छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...













