महोत्तरीमा हावाहुरीले १०० घर भत्किए एकको मृत्यु
बर्दिवास, ५ वैशाख । महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको छ ।
मंगलबार अबेरसाँझ चलेको हावाहुरीमा परी जिल्लाको भंगाहा नगरपालिका––५ सीतापुर धतियाटोलमा एकजनाको मृत्यु भएको र १०० भन्दा बढी घर भत्किएका छन् ।
हावाहुरी चलेको बेला धतियाटोलको ठूलो वरको रुखमुनि छलिन बसेका एकजना बटुवाको रुख ढल्दा च्यापिएर मृत्यु भएको छ । वरको रुखले थिचिएको शव क्रेनले रुख हटाएर निकालेको सीतापुर प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक अवधलाल साहले जानकारी दिनुभयो । नाम, वतन खुल्न नसकेका करीब ४० वर्षीय पुरुषको शव अहिले परीक्षणका लागि जलेश्वर अस्पताल पठाइएको सीतापुर प्रहरी चौकीले जनाएको छ ।
भंगाहा नगर क्षेत्रमा मंगलबार ६ः३० बजेतिर चलेको बेगको हावाहुरीले १०० भन्दा बढी घरमा क्षति पु¥याएको छ । भंगाहा–४, रामनगरस्थित राष्ट्रिय आधारभूत विद्यालय अधिनस्थ वन क्षेत्रका ३०० भन्दा बढी रुख ढलेका छन् । ढलेका रुखले त्यहाँका वीरबहादुर मण्डल, कञ्चा राय थारु र बालगोबिन महराको घर ढालेको प्रनानि साहले जानकारी दिनुभयो ।
बेगसहितको हावाहुरी रोकिनासाथ सीतापुर प्रहरी चौकी र भंगाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पको टोलीले तत्काल ढलेको रुखले थिचिएको शव, भत्किएका घरमा रहेका ससाना नानीहरु र घरका परिवारजनलाई सुरक्षित ठाउँमा पु¥याएको थियो ।
जिल्लाका अन्य भेगमा पनि हावाहुरीले बालीनाली क्षति गरेको छ । बेगसहितको हावाहुरी थामिएपछि पानी परेको थियो । हावाहुरीले कैयन ठाउँका बिद्युत पोल ढाल्दा मंगलबार साँझदेखि नै जिल्लाका अधिकांश बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जिल्लाका विभिन्न भेगमा हावाहुरीले पु¥याएको क्षति विवरण संकलन भइरहेको जनाएको छ । रासस
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...













