रसुवामा सुरक्षा व्यवस्था थप मजबुत बन्दै
रसुवा, ५ वैशाख । सडक सञ्जालले छोएको प्रहरी चौकीमा मोटरसाइकल प्रदान भएपछि सुरक्षा व्यवस्थामा थप प्रभावकारी बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पारच्याङ, थाम्बुचेत, डाँडागाउँ, स्याफ्रु, टिमुरे प्रहरीचौकीलाई एक÷एक वटा मोटरसाइकल प्रदान गरिएको र गाउँ क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीलाई छिटो छरितो सुरक्षा प्रदान गर्न सहजता आएको छ ।
स्थानीय तहमार्फत अहिले गाउँगाउँमा सडक निर्माणको कार्य भएका कारण प्रहरीचौकीमा सुरक्षा जनशक्ति अपुग भएमा जिल्लास्तरबाट तुरुन्तै थप मद्दत पठाउनसमेत सहज हुँदै गएको बताइएको छ ।
रसुवामा जिल्ला प्रहरी कार्यालय अन्तर्गत ११ प्रहरीचौकी रहेका र जनघनत्व संवेदनशीलतालाई मध्यनजर राखी यथेष्ठ सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
पर्यटकीय क्षेत्र लाङटाङ, थुमन र टाकु प्रहरी चौकीमा भने सडक सञ्जालले छुन बाँकी रहेको छ ।
यस्तै, नेपाल–चीन केरुङ व्यापारका लागि बढ्ने सवारी चापलाई छुट्टै सवारी व्यवस्थापनका ट्राफिक एकाइ र लाङटाङ जाने पर्यटकका लागि स्याफ्रुबेँशी र टिमुरे रसुवागढी क्षेत्रमा तैनाथ रहेको र पर्यटक प्रहरीले लाङटाङ तथा गोसाइकुण्ड र तामाङ सम्पदा मार्गमा पदयात्रा गर्ने पर्यटकको सुरक्षामा केन्द्रित रहेको प्रहरी प्रमुख थापाले बताउनुभयो ।
सीमा क्षेत्रको भन्सार एवं अन्तर्राष्ट्रिय सीमा क्षेत्र र निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजनाको सुरक्षामा सशस्त्र प्रहरी बल र लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि नेपाली सेना तैनाथ रहेको सुरक्षा निकायले बताएको छ ।
हाल लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको नेपाली सेना कालीजंग गणले वन, वनस्पति, वन्यजन्तु संरक्षणको साथै आवश्यकताअनुसार सामाजिक कार्यमा समेत महत्वपूर्ण सहयोग गर्दै आएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
यसैगरी, नेपाल–चीनबीचको रसुवागढी नाका क्षेत्रको टिमुरेलगायतका आसपास क्षेत्रमा सिसी क्यामरा जडान भएपछि गैरकानूनी क्रियाकलापको निगरानी राख्न अत्यन्तै सहज भएको र अब सामान जाँच गर्ने उपकरणको व्यवस्था हुन पनि सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले बताएका छन् । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












