बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई वटा बस छुट्यो

काठमाण्डौ, १० वैशाख । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि परीक्षणस्वरुप दुई वटा बस छुटेका छन् । सन् २०१५ जुन १५ मा बंगलादेश–भुटान–भारत–नेपालबीच यातायात सञ्चालन गर्ने बिबिआईएन सम्झौता भए अनुसार उक्त बस सेवा सञ्चालनमा ल्याइएको हो ।
बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कोर्पोरेसनका अध्यक्ष फरिदउद्धिनको नेतृत्वमा तीन देशका ८० जना डेलिगेट काठमाडौंका लागि हिँडेको बंगलादेशका सञ्चार माध्यमहरुले जनाएका छन् ।
ढाकास्थित नेपाली राजदूतावासका उपप्रमुख धनबहादुर ओली र भारतीय उच्च आयोगका प्रथम सचिव गौरव गांगुलीले झण्डा हल्लाएर बसलाई बिदाई गरेको थियो ।
सोमबार बिहान ढाकाबाट हिँडेका बस बिहीबार काठमाडौं आइपुग्नेछन् । अहिले परीक्षणका रुपमा बस चलाइए पनि आवश्यक प्रक्रिया पूरा गरी छिट्टै व्यापारिक प्रयोजनकै लागि बस सेवा सञ्चालन गरिने बंगलादेशका सडक विभागका सचिव नजरुल इस्लामले बताएका छन् ।
ढाकाबाट छुटेको बस बंगलादेशको बंगबन्धु हुँदै भारत–बंगलादेश सीमा फूलबारी भएर सिलिगुडी हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ । ढाका–काठमाडौं सडक दूरी झण्डै एक हजार एक सय किलोमिटर रहेकाे छ ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











