काँग्रेसमा युवा नेताहरु विभाजित, गगन समुहपछि अर्को नयाँ प्रस्ताव आउने

काठमाडौं, ११ वैशाख । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवा केन्द्रीय सदस्यहरुनै विभाजित देखिएका छन् । निर्वाचन समीक्षाका लागि डाकिएको बैठकमा २२ युवा सदस्यहरुको संयुक्त प्रस्ताव ल्याउने भनिए पनि युवाहरुबीच संयुक्त प्रस्तावमा एकमत नभएपछि दुई प्रस्ताव आउने निश्चित भएको हो ।
बैठकको ९ औं दिन दोश्रो वक्ताका रुपमा बोलेका केन्द्रीय सदस्य गगन थापाले सात युवा नेताहरुको सामुहिक प्रस्ताव बैठकमा पेश गरेका थिए । थापाले राखेको प्रस्ताव प्रदिप पौडेल, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ, रामकृष्ण यादव र जीवन परियारको सामुहिक प्रस्ताव भएको बताइएको छ ।
जारी वैठकमा केन्द्रीय सदस्य नविन्द्रराज जोेशी र कल्याण गुरुङको पहलमा १५ सदस्यहरुले आजैको बैठकमा अर्को प्रस्ताव पनि पेश गर्ने भएका छन् । बैठकमा ल्याउन लागिएको युवाहरुको अर्को प्रस्तावमा कमला पन्त, सरिता प्रसाई र बद्रि पाण्डेको पनि समर्थन रहने बताइएको छ ।
थापाले राखेको प्रस्तावमा विगतको पृष्ठभूमिलाई सबिस्तार रुपमा राखिएको छ । सामुहिक प्रस्तावमा निर्वाचन पराजयमा एउटा मात्रै कारण नभएको उल्लेख गरिएको छ । तर, हारमा जिम्मा कसले लिने भन्नेमा द्धिविधा नभएको प्रस्तावमा जनाइएको छ ।
प्रस्तावमा शीघ्र महासमिति बैठक बोलाई महाधिवेशन गराएको अवस्थामा सभापतिको ब्यक्तिगत हित हुने प्रस्तावमा सभापतिलाई सुझाइएको छ । आगामी निर्वाचनमा काँग्रेसको बहुमत ल्याउनका लागि १५ लाख थप मतदाता आवश्यक रहेको जनाउँदै प्रस्तावमा मतदातालाई आकर्षित र विश्वास दिलाउन आवश्यक रहेको जनाइएको छ ।
चैत ९ बाट जारी बैठकमा युवा सदस्यहरुको सामुहिक प्रस्ताव ल्याउने तयारी भइरहेको थियो । विगतको लामो पृष्ठभूमिलाई पनि कारक मान्ने कि आगामी रणनीतिका विषयमा मात्रै केन्द्रीत हुनुपर्ने विषयमा एकमत नभएपछि छुट्टाछुट्टै प्रतिवेदन पेश गर्ने युवाहरुले तयारी गरेका हुन् ।
युवा नेता थापाले युवाहरुको तर्फबाट आउने अर्को प्रस्तावको विपक्षमा आफु नरहेको बताए । उनले भने–‘आजको स्थिति निर्माण हुनुमा विगतको इतिहास पनि हेरौं भन्ने हो । केही साथीहरुले आगामी रणनीतिका विषयमा मात्रै केन्द्रीत हुनुपर्ने भन्ने छ ।’
वैठकमा आज केन्द्रीय सदस्यहरु साथै पदाधिकारीहरुले आफ्ना धारणा राख्ने क्रम सकिएको जनाइएको छ । वुधबारको वैठक स्थगित गरि बिहिबार टुङ्याउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












