आयातित बिरामीबाट औलोको जोखिम कायमै
रत्ननगर, चितवन, १२ वैशाख। चितवन जिल्ला औलोबाट सुरक्षित बन्दै गएपनि आयातित बिरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
विश्व औलो दिवसका अवसरमा ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने मूल नाराका साथ आज चितवनमा भएको पत्रकार अन्तक्र्रियामा बोल्दै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जोखिम कायमै रहेको भन्दै लामखुट्टेबाट बच्न आग्रह गरे ।
भरतपुर महानगरको सहकार्यमा जनस्वास्थ्य कार्यालयले आज उक्त कार्यक्रम गरेकोे हो । यो रोग मान्छेबाट मान्छेमा नसर्ने भए पनि संक्रमित मानिसमा लामखट्टेले टोकेर अर्काे मान्छेलाई सार्न सक्छ ।
चितवनमा गएको एक वर्षमा दुई हजार १४३ जनाको परीक्षणमा ११ जनामा औलो रोग देखिएको छ । संक्रमितमध्ये १० जना बिरामी बाहिर देशबाट रोग लागेर आएको पाइएको केसीले बताए । अघिल्लो वर्ष १६ जनामा रोग देखिएको थियो ।
एकजना मात्रै बिरामी नेपालभित्रै रोग संक्रमण भएको (स्थानीयवासी बिरामी) पाइएको उहाले बताए । रोग लाग्नुअघि एक महिनाको अवधि देशभित्रै भएको व्यक्ति स्थानीयवासी र बाहिरबाट आएकालाई रोग लागेमा आयातित भनिन्छ ।
जसमध्ये भरतपुर महानगरपालिकाका तीन जना, कालिका नगरपालिका र माडी नगरपालिकाका एक÷एक जना गरी पाँचजना चितवनका बिरामी भए पनि अरु बिरामी भने बाह्य जिल्लाबाट उपचारका लागि चितवन आएकामा रोग भेटिएको हो । विगतमा औलो प्रभावित जिल्ला भनेर चिनिने चितवन पछिल्लो समयमा भने सुरक्षित बन्दै गएको छ
‘एनोफ्लिज’ नामको संक्रमित लामखुट्टेबाट रोग सर्ने भएकाले झुल प्रयोगलाई बढाउनुपर्नेमा जनस्वास्थ्य कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख लक्ष्मीप्रसाद महतोले जोड दिए । रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाडो भएर कम्पन हुने, पसिना आउने र थाकेको महसुस हुन्छ ।
नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई औलोमुक्त देश बनाउने लक्ष्य लिएको छ । सन् २०१८ मा बिरामीको संख्या ९० प्रतिशत घटाउने सरकारी योजना पूरा गर्न सबै क्षेत्रबाट सक्रियता हुनुपर्ने भरतपुर महानगरपालिका उपसचिव खडानन्द अधिकारीले बताए ।
कार्यक्रमको उद्देश्यबारे महानगरका स्वास्थ्य शाखा प्रमुख जीवन श्रेष्ठले जानकारी दिए थियो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...













