रेलले विद्यायल बसलाई ठक्कर दिँदा भारतमा सत्र बालबालिकाको मृत्यु
नयाँदिल्ली, १३ वैशाख । भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् ।
रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर जिल्लाको बेहपुर्व भन्ने ठाँउमा दुर्घटना भएको हो ।
“आज विहान तिव्र गतिमा आएको स्वचालित रेलले एउटा विद्यालय बसलाई ठक्कर दिँदा बसमा चढेका मध्ये कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ, अरु सात जना गम्भीर घाइते भएका छन्,” वरिष्ठ प्रहरी अधिकृत आनन्दकुमारले सिन्हवासँग भन्नुभयो ।
उहाँले थप्नुभयो, “घाइते बालबालिकाहरुलाई तत्काल अस्पताल पु¥र्याइएको थियो, केहीको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने संभावना रहेको छ ।”
दुर्घटनामा परेका बालबालिकाहरु अधिकांश दश वर्ष मुनिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले थावेदेखि कम्पतागञ्ज सडक खण्डमा चलेको रेलले बसलाई ठक्कर दिएको बताएका छन् ।
ठक्कर दिएको रेल सिवानबाट गोरखपुरतर्फ जादै गरेको थियो । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यले घटनामा पिडित बालबालिकाहरुलाई केही राहत रकम दिने घोषणा गर्नु भएको छ ।
अधिकारीहरुले घटनाका बारेमा छनविन गर्न संबन्धित निकायलाई निर्देशन दिइएसकेको जनाएका छन् ।
यसअघि पनि उत्तर भारतीय राज्य हिमाञ्चल प्रदेशमा २७ जना बालबालिकासहित ३० जनाको विद्यालय बस दुर्घटनामै परेर निधन भएको थियो । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












