कुटनीति र विकासका लागि थिंक ट्यांक गठन
काठमाडौँ १४ वैशाख। नेपालको कुटनीति र विकासका क्षेत्रमा काम गर्न फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा कुटनीति र विकास केन्द्र ‘सेन्टर फर डिप्लोम्यासी एण्ड डेभ्लपमेन्ट’ (सीडीडी) गठन गरिएको छ ।
गैर नाफामूलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिंक ट्यांक) का रुपमा सुझाव दिने अध्यक्षले श्रेष्ठले बताए ।
उक्त संस्थामा सदस्यको रुपमा पूर्व परराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्य, पूर्वशिक्षा सचिव शंकरप्रसाद पाण्डे, डा गंगाबहादुर थापा, अनिता जधारी, अरुण रञ्जित, हेमन्त कक्षपति, खेमराज लकाइ, नवराज पाण्डे, डा प्रमोद जैसवाल, श्रीराम लामिछाने, सुरेन्द्र शाक्य, शान्तिलक्ष्मी शाक्य र मित्रबन्धु पौडेल रहेका छन् ।
उनले संस्थाले बौद्धिक व्यक्तित्वबीच अन्तक्र्रिया बढाउने, आफ्ना अनुभवमा आधारित भएर सरकारलाई सुझाव दिने र यही क्षेत्रमा अध्ययन–अनुसन्धानलाई केन्द्रमा राखेर काम गर्ने उद्देश्यले संस्था स्थापना गरेको जानकारी गराए ।
संविधान निर्माण, यसको कार्यान्वयन र तीनै तहको निर्वाचन सम्पन्न भएका कारण राजनीतिक स्थिरता आएकाले अब विकासले प्राथमिकता पाउनुपर्ने बेलामा अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारका काममा आफ्नो संस्थाले सहयोग गर्ने पुर्याउने समेत अध्यक्ष श्रेष्ठले बताए। रासस
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...













