प्रदेश सरकारलाई समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य : प्रमुख कायस्थ
महेन्द्रनगर, धनुषा, १५ वैशाख । प्रदेश सरकारलाई सफल र समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य रहेको प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनुभएको छ ।
एफइएस नेपाल तथा सेट्स नेपालको आयोजनामा ‘प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आज प्रमुख कायस्थले प्रजातन्त्रको रक्षा तथा सुदृढीकरणमा हरेक नागरिकको सहयोगको आवश्यक्ता रहेकाले नागरिक शिक्षाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
उहाँले प्रदेश सरकारबाट हुने कमीकमजोरीलाई बेलाबेलामा नागरिक समाजले लिखित रुपमा सुझाव दिई प्रजातन्त्रलाई सबल पार्न सबैले आ–आफ्नो ठाउँबाटै सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनकपुरका वरिष्ठ पत्रकार राजेश्वर नेपालीले हरेक भाषाको संरक्षण गरी अगाडि बढ्न सकेमा देश समृद्ध हुने बताउनुभयो ।
दुई दिनसम्म चल्ने सो कार्यक्रममा अधिकांशले प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको खाँचो रहेको औँल्याएका थिए ।
कार्यक्रममा प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, एफइएस नेपालका कन्ट्री डाइरेक्टर जर्मन नागरिक ऐनेट स्लिस्ट, पूर्व मन्त्री यदुवंश झा, सरस्वती चौधरी, शीतल झा, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, अधिवक्ता तथा पत्रकारको उपस्थिति रहेको थियो । रासस
Comments
अरु समाचार
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...













