मछिन्द्रनाथ जात्राको साइत आगामी बिहीबार हेरिने
ललितपुर, १८ वैशाख। रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाउन दोस्रो चरणको साइत हेर्ने काम आगामी बिहीबार गरिँदैछ ।
यस पटक हेरिने साइतले भोटोजात्रा कहिले हुन्छ भन्ने टुङ्गो लगाउनेछ । अहिले देवता थटिटोलमा छ । साइत जुन दिनको निस्कन्छ त्यही दिनमा जाउलाखेल लगिने ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशी बताउनुहुन्छ । जाउलाखेल पुगेको चार दिनका दिन भोटोजात्रा देखाइने गरिन्छ ।
यस वर्ष आगामी जेठ २ गतेदेखि एक महिनासम्म मलमास छ । त्यसभन्दा अघि वा पछि रथलाई जाउलाखेल पु¥याइन्छ । मलमास अवधिभर रथ तान्नु शुभ मानिँदैन । जोशी भन्नुहुन्छ, “त्यसैले भोटोजात्राको पनि कि त मलमास पहिलेको साइत निस्कन्छ कि त त्यसपछि ।”
रातो मछिन्द्रनाथको जात्राका लागि दुई चरणमा साइत हेरिन्छ । पहिलो चरणमा बुङ्गमतीबाट पाटन ल्याउनका लागि तथा दोस्रो चरणमा रथ थटिटोलमा पुगेपछि जाउलाखेल लैजानका लागि हेरिन्छ । थटिटोलबाट जाउलाखेलसम्मको रथयात्रालाई मछिन्द्रनाथको बाह्य लोकको भ्रमणसमेत भनिन्छ । त्रिलोक भ्रमण सम्पन्न भएपछि बाह्य लोकको भ्रमण हुने गर्छ । जाउलाखेलसम्मको रथ तान्नका लागि नगरका बाहिरी भागका मानिस सहभागी हुन्छन् । उहाँ भन्नुहुन्छ, “विशेष गरेर कीर्तिपुरवासी रथ तान्न आउने गरेका छन् ।”
काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मछिन्द्रनाथको जात्रालाई ललितपुरवासीले विशेष महत्वका साथ मनाउने गरेकाछन् । मछिन्द्रनाथलाई सहकाल र वर्षाका देवता मानिन्छ । रथ यात्रा हुन थालेपछि काठमाडौँ उपत्यकामा वर्षा हुने पाइएकाले त्यो प्रिमनसुन वा देवताको शक्ति हो भन्ने तर्कहरु आइरहेका छन् । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...












