निरर्थक बहस र विवादमा मुलुक अल्मलिँदैन ः प्रम ओली

झापा, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुक निरर्थक बहस र विवादमा नअल्मलिने बताएका छन् । भद्रपुर नगरपालिकास्थित जिल्ला समन्वय समिति झापामा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै ओलीले जनतालाई सार्वभौम र अधिकारसम्पन्न बनाउने बाटोमा मुलुक अगाडि बढिसकेकोले अव देखि कुनै पनि बहस र विवादमा नअल्मलिने बताएका हुन् ।
आलीले भने, ‘निरर्थक बहस र विवादमा अल्झिने होइन, देश अघि बढ्न चाहन्छ,‘अब कुनै मुद्दा ज्यूँदो राख्नुभन्दा गरिबी समाप्त पार्नतर्फ लाग्छौँ ।’
मुलुकमा बनाइएका शासन प्रणाली र संरचनामा धरमर नगरी अघि बढ्नुपर्ने बताएका प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्नेहरुलाई ‘मानसिक गुलाम’ को संज्ञा दिएका छन् । ‘देश संघीयतामा गइसक्यो,’ उनले भने, ‘अब एउटा व्यक्तिको हुकुम होइन, जनताको हुकुम ठूलो हो ।’ मुलुकको अहिलेको व्यवस्था कुनै उपहारमा प्राप्त नभइ आफूहरुले लडेर ल्याएका कारण प्यारो रहेको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले झापाका सम्पूर्ण जनप्रतिनिधिहरुलाई विकास निर्माणका काम तीव्र गतिमा गर्न गराउन निर्देशन दिए । गृहजिल्ला पुग्दा प्रधानमन्त्री ओलीले अर्जुनधारा जलेश्वरधामदेखि किच्चकवधसम्मको स्मरण गरे । उनले झापाली भूमि ऐतिहासिक रहेको उल्लेख गरे । झापाली भूमि पर्याप्त धान फल्ने, सिँचाइ सुविधायुक्त र उर्वर रहेको बताए ।
झापामा धानसँगै मकै, सनपाट, नरिवल, सुपारी, आँप, लिचीको खेती राम्रो हुने बताएका प्रधानमन्त्री ओलीले झापाबाट कृषिको आधुनिकीकरण सम्भव रहेको दाबी गरे । ‘म पहिलो पटक प्रधानमन्त्री हुँदा झापामा धान सुपरजोन त्यसै घोषणा गरेको होइन,’ उनले भने, ‘यहाँ धेरै कुराको सुपरजोन हुन सक्छ, जे पनि सुपरै सुपर ।’ झापाका सहरहरुलाई पनि आधुनिक र सुविधासम्पन्न बनाउन सकिने उनले बताए ।
स्थानीय तहलाई निर्देशन
स्थानीय तहले आफ्नो ठाउँको विकासको गुरुयोजना बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । झापामा आफूले अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको योजना अघि बढाउँदा केही व्यक्तिले विवाद गरेको स्मरण गर्दै उनले दुःख व्यक्त गरे ।
‘अहिलेसम्ममा त्यो रंगशाला बनिसक्ने थियो, विवाद गरेर उधुम मच्चाए,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले रंगशालाको नाम मदन भण्डारी राख्ने भनेँ, विवाद गर्दै एउटा समिति नै बनाएछन्, त्यो समितिले के गर्छ म बुझ्दिनँ ।’ खेलकुदको विकास गर्न आफू लागिपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘तपाईंहरु ठाउँ दिनुस्, रंगशाला बनाउने काम मेरो भो,’ उनले भने ।
प्रधानमन्त्री ओलीले विद्यालय जानबाट बञ्चित बालबालिका खोजीखोजी विद्यालयसम्म पु¥याउन जनप्रतिनिधिलाई निर्देशन दिए । यो महिनाभर त्यही काममा लाग्न उनको सुझाब थियो । ‘यो विद्वान पुर्खाहरुको सन्तानको देश हो,’ उनले भने, ‘यहाँ कोही पनि निरक्षर रहने छैनन् ।’ मुलुककै होचो स्थल कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म रहेको प्रदेश नम्बर–१ लाई सम्बृद्ध बनाउन सकिने उनको भनाइ थियो । ‘हामीसँग समय थोरै छ तर, धेरै कुरा गर्नु छ,’ सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले भने ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












