निरर्थक बहस र विवादमा मुलुक अल्मलिँदैन ः प्रम ओली

झापा, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुक निरर्थक बहस र विवादमा नअल्मलिने बताएका छन् । भद्रपुर नगरपालिकास्थित जिल्ला समन्वय समिति झापामा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै ओलीले जनतालाई सार्वभौम र अधिकारसम्पन्न बनाउने बाटोमा मुलुक अगाडि बढिसकेकोले अव देखि कुनै पनि बहस र विवादमा नअल्मलिने बताएका हुन् ।
आलीले भने, ‘निरर्थक बहस र विवादमा अल्झिने होइन, देश अघि बढ्न चाहन्छ,‘अब कुनै मुद्दा ज्यूँदो राख्नुभन्दा गरिबी समाप्त पार्नतर्फ लाग्छौँ ।’
मुलुकमा बनाइएका शासन प्रणाली र संरचनामा धरमर नगरी अघि बढ्नुपर्ने बताएका प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्नेहरुलाई ‘मानसिक गुलाम’ को संज्ञा दिएका छन् । ‘देश संघीयतामा गइसक्यो,’ उनले भने, ‘अब एउटा व्यक्तिको हुकुम होइन, जनताको हुकुम ठूलो हो ।’ मुलुकको अहिलेको व्यवस्था कुनै उपहारमा प्राप्त नभइ आफूहरुले लडेर ल्याएका कारण प्यारो रहेको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले झापाका सम्पूर्ण जनप्रतिनिधिहरुलाई विकास निर्माणका काम तीव्र गतिमा गर्न गराउन निर्देशन दिए । गृहजिल्ला पुग्दा प्रधानमन्त्री ओलीले अर्जुनधारा जलेश्वरधामदेखि किच्चकवधसम्मको स्मरण गरे । उनले झापाली भूमि ऐतिहासिक रहेको उल्लेख गरे । झापाली भूमि पर्याप्त धान फल्ने, सिँचाइ सुविधायुक्त र उर्वर रहेको बताए ।
झापामा धानसँगै मकै, सनपाट, नरिवल, सुपारी, आँप, लिचीको खेती राम्रो हुने बताएका प्रधानमन्त्री ओलीले झापाबाट कृषिको आधुनिकीकरण सम्भव रहेको दाबी गरे । ‘म पहिलो पटक प्रधानमन्त्री हुँदा झापामा धान सुपरजोन त्यसै घोषणा गरेको होइन,’ उनले भने, ‘यहाँ धेरै कुराको सुपरजोन हुन सक्छ, जे पनि सुपरै सुपर ।’ झापाका सहरहरुलाई पनि आधुनिक र सुविधासम्पन्न बनाउन सकिने उनले बताए ।
स्थानीय तहलाई निर्देशन
स्थानीय तहले आफ्नो ठाउँको विकासको गुरुयोजना बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । झापामा आफूले अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको योजना अघि बढाउँदा केही व्यक्तिले विवाद गरेको स्मरण गर्दै उनले दुःख व्यक्त गरे ।
‘अहिलेसम्ममा त्यो रंगशाला बनिसक्ने थियो, विवाद गरेर उधुम मच्चाए,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले रंगशालाको नाम मदन भण्डारी राख्ने भनेँ, विवाद गर्दै एउटा समिति नै बनाएछन्, त्यो समितिले के गर्छ म बुझ्दिनँ ।’ खेलकुदको विकास गर्न आफू लागिपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘तपाईंहरु ठाउँ दिनुस्, रंगशाला बनाउने काम मेरो भो,’ उनले भने ।
प्रधानमन्त्री ओलीले विद्यालय जानबाट बञ्चित बालबालिका खोजीखोजी विद्यालयसम्म पु¥याउन जनप्रतिनिधिलाई निर्देशन दिए । यो महिनाभर त्यही काममा लाग्न उनको सुझाब थियो । ‘यो विद्वान पुर्खाहरुको सन्तानको देश हो,’ उनले भने, ‘यहाँ कोही पनि निरक्षर रहने छैनन् ।’ मुलुककै होचो स्थल कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म रहेको प्रदेश नम्बर–१ लाई सम्बृद्ध बनाउन सकिने उनको भनाइ थियो । ‘हामीसँग समय थोरै छ तर, धेरै कुरा गर्नु छ,’ सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले भने ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












