अस्पतालको लापर्बाही, ब्लड क्यान्सरको औषधिमा धमिरा
रत्ननगर, चितवन, २१ वैशाख । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लापर्बाहीका कारण ब्लड क्यान्सरका लागि प्रयोग हुने औषधि राखिएको ठाउँमा धमिरा लागेको पाइएको छ ।
असुरक्षित रुपमा औषधि राख्दा महत्वपूर्ण ग्लिभेक नामको औषधिमा धमिरा लागेको हो । उक्त औषधि क्रोमिक माइलोइड ल्यूकेमिया (सिएमएल)का बिरामीलाई खुवाइन्छ । म्याक्स फाउण्डेसन, अमेरिकाले ब्लड क्यान्सर रोग लागेका बिरामीलाई भनेर सहयोग गर्दै आएको करीब ३०÷४० प्याकेट औषधिमा धमिरा लागेको पाइएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले धमिरा लागेको स्वीकार गर्दै औषधि नै बिग्रने गरी भने धमिराले नखाएको दाबी गर्नुभयो । “काठ भएको ठाउँमा धमिरा छ, मेन कभरलाई धमिराले खान शुरु गरेको छ, औषधिमा धमिरा छैन, हामीले निकालिसकेका छौँ ।” डा आचार्यले भन्नुभयो ।
धमिरा लागेको कतिपय औषधि काम नलाग्ने अवस्थाको जस्तो देखिन्छ । ग्लिभेक १०० एमजीको उक्त यहाँ स्टकमा ६२ प्याकेट रहेको औषधि शाखा हेर्दै आउनुभएकी स्टाफ नर्स लक्ष्मी न्यौपानेले जानकारी दिनुभयो । एउटा प्याकेटमा १०० वटा ट्याबलेट हुन्छ । केही प्याकेटमा धमिरा लागे पनि औषधिमा नलागेको दाबी उहाँको छ ।
महँगो औषधि भएकाले विदेशीले सहयोगमा दिँदै आएका छन् । बिरामी प्रमाणित भएको कागजात पठाएपछि सोही कागजातको आधारमा विदेशबाट उक्त औषधि क्यान्सर अस्पताललाई आउँछ । “कार्टुनमा अलिकति धमिरा लागेको पाइयो, ट्याब्लेट नै चाँहि खाएको छैन,” न्यौपानेले भन्नुभयो, “१०÷१५ प्याकेटमा बाहिरपट्टि धमिरा लागेको छ, तत्कालै नबाँडौँ भनेर मात्रै छुट्याएका छौँ ।”
न्यौपानेले यो औषधि सम्बन्धी बिरामी अस्पतालमा करीब ९०० जना भएको बताउनुभयो । कतिपयले अहिले पनि औषधि खाँदै आएका छन् । यति महत्वपूर्ण औषधिलाई लापर्बाहीपूर्वक राख्दा धमिरा लागेको हो । अस्पताल प्रशासनका अनुसार बाहिरबाट आएको कार्टुनमा नै राखिएको तर होसियारी नअपनाउँदा बिरामी बचाउने औषधिमा धमिरा पसेको हो ।
क्यान्सर अस्पतालका सूचना अधिकारी गृहनारायण महतोले क्यान्सर अस्पतालमा धमिरा अलि बढी नै भएको जानकारी दिँदै बाक्लो कार्टुन भएकाले त्यसको तल्लो भागमा धमिरा लागेपनि औषधिमा असर नपरेको दाबी गर्नुभयो । सो विषयमा म्याक्स फाउण्डेसनले पनि प्रश्न उठाएको अस्पताल स्रोतले बताएको छ । रासस
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...













