नासाद्वारा मङ्गल ग्रहमा ‘इनसाईट’ नामक यान प्रक्षेपण, मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्ने
लोम्पोक, संयुक्त राज्य अमेरिका, २२ वैशाख । अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक पछिल्लो यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ ।
उक्त यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित हुने खासगरी पहिलो यान हुनेछ ।
स्थिर रहने ‘इनसाईट’ले मङ्गलग्रहको सतहमा ‘मार्सक्वेक’ अर्थात् मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्न कम्पन मापन गर्ने उपकरण’साईज्मोमिटर’हरूका साथै संयुक्त अधिराज्यबाट लगिएका सेन्सरहरू जडान गर्नेछ ।
ती कम्पनहरूले जमिनमूनि रहेको चट्टान कसरी पत्र–पत्रमा बनेको छ भन्ने खुलासा गर्नुपर्नेछ र त्यो तथ्याङ्क साढे ४ अर्ब वर्षअघि ग्रहहरू कसरी बने भन्ने विषयमा थप कुराहरू पत्ता लगाउन मद्दत हुनेछ ।
‘इनसाईट’का प्रमुख अनुसन्धानकर्ता डा. ब्रुस ब्यानर्टले भन्नुभयो, “कम्पनयुक्त तरङ्गहरू मंगल ग्रह हुँदै अघि बढ्दा तिनले सूचना लिनेछन् । र साईज्मोग्राममा देखिने ती सबै तरङ्गहरूबाट विवरण कसरी निकाल्ने भनेर वैज्ञानिकहरूले बुझ्नेछन् । सबै दिशाहरूबाट ‘मार्सक्वेकहरू’ लिएपछि हामीले मंगलग्रहभित्रको थ्री–डी दृश्य सँगै राख्न सक्नेछौँ ।” (रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...













