बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध
बैतडी, २४ वैशाख । बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् ।
बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडीसमेत चल्न नसकेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका–४ का ३५ वर्षीय लोकेन्द्र थापा, सोही ठाउँका २२ वर्षीया सुस्मिता ऐरी, ८ वर्षीय आदर्श धामी, १६ वर्षीया पशुपति ऐरी, दार्चुला अपिहिमाल गाउँपालिका–५ का २८ वर्षीय शेरसिंह धामी, ५ वर्षीय रुपेश धामी, २२ वर्षीया बाग्मती धामी, रिजन धामी, १० वर्षीया हेमन्ती धामी, ८ वर्षीय विवेक धामी र ५ वर्षीय नितेश धामी रहेका छन् ।
यस्तै अन्य घाइतेमा बैतडीको दशरथचन्द नगरपालिका–२ का १९ वर्षीय वसन्त बोहरा, दार्चुला शैल्यशिखर नगरपालिका–७ का २२ वर्षीय रमेश खत्री र दार्चुला गुल्जर घर भई हाल कैलालीको रामपुर बस्दै आएका ५५ वर्षीय डंकुरे महरा रहेका छन् ।
घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते सबैको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नं को बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१० अनारखोलीमा आज बिहान पौने ३ बजे दुर्घटनामा परेको हो । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












