सिन्डिकेट अन्त्य गर्ने निर्णयको स्वागत गर्दै व्यवसायीले गरे सरकारसंग पाँच बुँदे सहमति
काठमाडौं, २४ वैशाख । सरकारले सिन्डिकेट हटाउने निर्णय गरेर स्वागत याेग्य कार्य गरेकाे भन्दै यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्।
अाइतबार राति सरकारसँग भएकाे सहमतिको ५ बुँदा सोमबार सार्वजनिक गर्दै व्यवसायीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएका हुन् ।
व्यवसायी र सरकारबीच भएकाे पाँच बुँदे सहमति यस्ता छन् :
१) नेपाल सरकारबाट सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएकाे कदमकाे स्वागत गर्दै यातायात क्षेत्रकाे जुनसुकै प्रकारको सिन्डिकेटकाे स्वरुप अन्त्य / खारेजी गर्ने ।
२) सम्मानित सर्वाेच्च अदालतकाे रिट नं. ०७१-wo-०४४४ मा भएकाे परमादेश अनुसारकाे जाचँबुझ अायाेग गठनकाे प्रकृया यथाशिघ्र अगाडि बढाउने ।
३) एउटा मात्र सार्वजनिक सवारी साधन भएकाे सवारी धनिले पनि सवारी सँचालन गर्न प्रचलित कानून अनुसार पाउने ।
४) यातायात व्यवसायी सँयुक्त अान्दाेलन मुल समिति,२०४७ बाट पूर्वघाेषित अान्दाेलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गर्ने ।
५) यातायात क्षेत्रलाई व्यवस्थित एवँ प्रभावकारी बनाउन मन्त्रालयलाई यथाशिघ्र राय परामर्श दिने सराेकारवाला समेतकाे प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












