सिन्डिकेट अन्त्य गर्ने निर्णयको स्वागत गर्दै व्यवसायीले गरे सरकारसंग पाँच बुँदे सहमति
काठमाडौं, २४ वैशाख । सरकारले सिन्डिकेट हटाउने निर्णय गरेर स्वागत याेग्य कार्य गरेकाे भन्दै यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्।
अाइतबार राति सरकारसँग भएकाे सहमतिको ५ बुँदा सोमबार सार्वजनिक गर्दै व्यवसायीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएका हुन् ।
व्यवसायी र सरकारबीच भएकाे पाँच बुँदे सहमति यस्ता छन् :
१) नेपाल सरकारबाट सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएकाे कदमकाे स्वागत गर्दै यातायात क्षेत्रकाे जुनसुकै प्रकारको सिन्डिकेटकाे स्वरुप अन्त्य / खारेजी गर्ने ।
२) सम्मानित सर्वाेच्च अदालतकाे रिट नं. ०७१-wo-०४४४ मा भएकाे परमादेश अनुसारकाे जाचँबुझ अायाेग गठनकाे प्रकृया यथाशिघ्र अगाडि बढाउने ।
३) एउटा मात्र सार्वजनिक सवारी साधन भएकाे सवारी धनिले पनि सवारी सँचालन गर्न प्रचलित कानून अनुसार पाउने ।
४) यातायात व्यवसायी सँयुक्त अान्दाेलन मुल समिति,२०४७ बाट पूर्वघाेषित अान्दाेलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गर्ने ।
५) यातायात क्षेत्रलाई व्यवस्थित एवँ प्रभावकारी बनाउन मन्त्रालयलाई यथाशिघ्र राय परामर्श दिने सराेकारवाला समेतकाे प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











