मालिकाको धुरी : हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ
बेनी, म्याग्दी, २७ वैशाख । हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ पनि छ भन्दा सहजै कसले पो पत्याउन सक्ला र ?
तर, म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने भिरालो पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीमा पुग्नुहोस् तपाई आफैँ हिमालभन्दा अग्लो देखिनु हुनेछ ।
मालिकाको धुरीबाट हेर्दा आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छे«, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमशंखला तपाईभन्दा होँचा देखिन्छन् । विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हुने प्रशस्त सम्भावना रहेको यो ठाउँले पूर्वाधार निर्माणको अभावमा आफ्नो पहिचानलाई विदेशीमाझ भने फैलाउन सकेको छैन ।
मालिकाको धुरीमा बाह्रैमास चिसो हावा चल्छ । गर्मी महिनामा पनि जाडोयामको चिसो हावा चल्ने घना जंगलको बीचमा अवस्थित मालिकाबाट धौलागिरि, नीलगिरिलगायतका दर्जनौँ हिमशिखर आँखामा ठोकिन्छन् ।
हिमालभन्दा अग्ला देखिने मान्छेको जमघटले समेत मालिका जिल्लाकै आकर्षक गन्तव्य बन्न थालेको छ । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्रस्थलको परिचय पाएकोे छ ।
मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । जंगलभित्र रहेका पशुचौपायाका गोठ, समथर भूभाग, चराचुरुंगी र वन्यजन्तुको आवाज, बहुमूल्य जडीबुटीको बास्ना लिँदै मालिकाधुरी पुग्दा थकित भए पनि आनन्द महसुस हुने पर्यटन व्यवसायी बाबुराम आचार्य बताउनुहुन्छ ।
जिल्लाको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित मन्दिरमा वर्षेनि हजारौँ दर्शनार्थी दर्शनका लागि पुग्ने गर्दछन् । सवारीसाधनको प्रयोग तथा भिरालो पहाड यात्रामा रमाउने निकै रोमाञ्चक मालिकाको व्यापक प्रचारप्रसार र पूर्वाधार विस्तार गर्न विश्वभरका पर्यटकलाई भित्र्याउन सहज हुने देखिन्छ । जिल्लामा अन्य पर्यटकीयस्थलबाट देखिने हिमशंखलाको तुलनामा यहाँबाट धेरै र ऐनामा हेरेजस्तै देखिन्छ ।
हिमाल र प्राकृतिक सौन्दर्यको अवलोकनका लागि अपार सम्भावना बोकेको मालिकालाई जिल्लाको आकर्षक गन्तव्यका रुपमा राख्नुपर्नेमा स्थानीयको भनाइ जायज देखिन्छ । सयौँ वर्ष अगाडिदेखि धार्मिक गन्तव्यका रुपमा रहेको मालिकाको पूर्वाधार विस्तार तथा प्रचारप्रसारले आन्तरिक पर्यटकलाई मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गर्नसक्ने पर्यटन व्यवसायी आचार्यले बताउनुभयो ।
“हिमाल हेर्न आउनेलाई मालिकासम्म पुग्ने वातावरण बनाउनुपर्छ, त्यहाँ हिमालभन्दा मान्छे अग्ला देखिन्छन्,” आचार्यले भन्नुभयो ।
उहाँले सुनसान पदमार्गमा रमाउन चाहने पर्यटकलाई मालिकाको विकल्प नभएको बताउँदै पश्चिम म्याग्दी जोड्ने पदमार्गमा समेत मालिकालाई समावेश गरिएको बताउनुभयो । सदरमुकाम बेनीबाट पैदलयात्रा हुँदै मालिका मन्दिरसम्म पुग्न चाहनेलाई समेत बेनी–अर्थुङ्गे–पुलाआश्रम–जगन्नाथ–टोड्के हँुदै मालिकासम्म जाने पदमार्गको निर्माणकार्य समेत भइरहेको छ भने पुरानो संरचनाबाट समेत सहजै आवतजावत गर्न सकिन्छ ।
त्यस्तै, रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाइवाङ, हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हँुदै मालिका पुग्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झकप्रसाद पाइजाले बताउनुभयो ।
मन्दिरको चारैतिरबाट पुग्न सकिने मन्दिरमा बस्ने सत्तलसहितका संरचना समेत बनेका छन् । एकैपटक सयौँ दर्शनार्थी पुग्ने मन्दिर आसपासका क्षेत्रमा रहेका ओडारमा समेत रात विताउने गरिन्छ ।
म्याग्दी भ्रमण वर्षमा समेत मालिकालाई व्यापक प्रचारप्रसार गरिनेछ । समुद्र सतहदेखि करीब तीन हजार ३०० मिटरको उचाइमा रहेको मन्दिरमा हरेक वर्ष तीनपटक पूजा गरिन्छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...












