मोदीको नेपाल भ्रमण : धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान
काठमाडौँ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर धार्मिक पर्यटनलाई बढावा दिन मद्दत पुगेको छ ।
विश्वभरका हिन्दूको आस्थाको केन्द्रको रुपमा रहेको पशुपतिनाथ, मुक्तिनाथलाई आराध्यदेव महादेवको पावन भूमिको रुपमा लिइने गरिन्छ । नेपाल र भारतका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रलाई नै प्रमुख प्राथमिकतामा राखेर भारतीय प्रधानमन्त्रीले यस पटकको नेपाल भ्रमणलाई केन्द्रीत गर्नुभएकाले धार्मिक पर्यटन क्षेत्रको प्रचारप्रसारमा समेत सकारात्मक प्रभाव पारेको छ ।
सरकारले आर्थिक समृद्धिको आधारको रुपमा पर्यटन क्षेत्रलाई राखेका कारण पनि यस्ता भ्रमणले महत्वपूर्ण योगदान मात्रै नभई सकारात्मक रुपमा विश्वव्यापाी रुपमा समेत प्रचारप्रसार गर्न सहयोग पु¥याउछ । सरकारले सन् २०२० सम्म १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा धार्मिक पर्यटन पनि एउटा महत्वपूर्ण आधार बन्नसक्छ ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको समाचार संकलनका देश विदेशका सञ्चार माध्यम जनकपुर, पशुपतिनाथ, मुक्तिनाथमा केन्द्रीत भएका छन् । उनीहरुले सम्प्रेषण गर्ने समाचार सामग्रीले समेत नेपाल घुम्न चाहने विदेशी नागरिकलाई नेपाल बारे जान्न सहयोग पु¥याउनेछ ।
राजर्षी जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मभूमि हो जनकपुर । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले प्रचारप्रसारमा सहयोग पु¥याएको छ ।
जनकपुरमा रहेका पुराना राम मन्दिर, नौलखाका रूपमा परिचित ‘जानकी मन्दिर’, राजा जनकले शिव धनुष पूजा गर्ने स्थानमा निर्मित ‘जनक मन्दिर’, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रंगभूमि मैदान नजिकैको हनुमानको ‘सङ्टमोचन मन्दिर’, स्वर्गद्वारीलगायतका धार्मिक स्थल एवं ताल तलैया सरोवर र दैनिक रूपमा हुने गंगा आरतीले धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य स्थलका रूपमा जनकपुर रहेको छ ।
यस्तै अग्नि कुण्ड, विहार कुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पिपरा कुटी पनि आकर्षणका केन्द्र बन्न सक्ने देखिन्छ । गंगा सागर, धनुष सागर, राम सागर, रत्न सागर, ज्ञानकुप, अग्नि कुण्ड, अरगजा, दशरथ सर, गोडधोई, पापमोचनिसर, लक्ष्मण सागर पनि धार्मिक पर्यटकका लागि निकै उपयुक्त छन् ।
धार्मिक पर्यटन विश्वव्यापी पर्यटनको सबैभन्दा पुरानो रूप हो र जनकपुरमा यसको प्रशस्त सम्भावना छ । जनकपुरका मठमन्दिर र मूर्तिबारे प्रचारप्रसार गर्न समेत मोदीको भ्रमणले सहयोग पु¥याएको छ ।
जनकपुरमा अवस्थित जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर सहित ५२ कुटी र ७२ कुण्डको प्रचारप्रसार गर्न सके पर्यटन विकासमा निकै टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।
रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा सावित हुने थप विश्वास गरिएको छ । समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार एवं तीर्थाटनको प्रवद्र्धन गर्नु सो परियोजनाको उद्देश्य रहेको छ ।
अयोध्या र जनकपुरबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रवद्र्धन र विकासका लागि नेपाल सरकारसँग गरिएको सम्झौताअनुरूप सो परियोजनाको शुभारम्भ गरिएको हो ।
भारतको पर्यटन मन्त्रालयबाट भारतभर दर्शन योजनाअन्तर्गत विकसित १३ विषयगत सर्किटमध्ये रामायण सर्किट एक हो । यो परियोजनाभित्र अयोध्या, शृङ्पुर, चित्रकुट, सीतामढी, दरभंगा, नन्दीग्राम महेन्द्रगिरि, जगदलपुर, भद्राचलम्, रामेश्वरम्, हम्पी, नासिक र नागपुर समेटिएको छ । यस्तै, नेपालतर्फ जनकपुरधामलगायत भगवान राम र सीताको जीवन गाथासँग जोडिएको धार्मिक स्थलको विकास गर्ने लक्ष्य राखिएको छ ।
संस्कृतिविद् रामभरोस कापडीका अनुसार रामायण सर्किट परियोजना वृहत् रामायण कालको विस्तार नेपाल, भारत र श्रीलंकासम्म भएको पृष्ठभूमिमा आधारित परियोजना हो । यसमा राम र सीताको पाइलाले जहाँ–जहाँ स्पर्श गरेको छ ती क्षेत्रसँग जोड्ने प्रयास हो ।
जनकपुरधाम र अयोध्यालाई तीर्थाटनको सूत्रका रूपमा विस्तार गरिने सो परियोजनाभित्र प्राचीन पोखरी, मन्दिर, मिथिलाको विरासतको संरक्षण, रामायणकालीन तीर्थस्थललाई जोड्न लागिएको छ ।
जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय तीर्थयात्री हुने गरेका कारण पनि रामायण सर्किटले थप पर्यटकलाई आकर्षण गर्ने विश्वास गरिएको छ ।
प्रा डा महेन्द्रनारायण मिश्र रामायण सर्किटको पूर्ण विवरण सार्वजनिक नभइसकेको भए पनि यसको परिकल्पनाले रामायणकालीन सभ्यता र संस्कृति जीवन्त राख्न मद्दत पुग्ने विश्वास गर्नुहुन्छ ।
रामायण सर्किट परियोजना सम्पन्न भएपछि जनकपुरधाम र अयोध्याबीचको ६५० किलोमिटर भू–खण्डमा कृषि, औद्योगिक, परिवहन र पर्यटन क्षेत्रको विकासले फड्को मार्ने विश्वास लिइएको छ । जनकपुर धार्मिक दृष्टिले महत्वपूर्ण भएका कारण वर्षभर नै श्रद्धालुको ओइरो लाग्ने गर्छ ।
त्रेता युगमा भगवान् राम र सीताको वैवाहिकस्थल भएकाले जनकपुरमा धार्मिक पर्यटन व्यवसायको प्रशस्त सम्भावना रहेको छ । सन् २०१७ मा नेपाल आएका दश लाख पर्यटकमध्ये एक लाख ६१ हजार पर्यटक भारतीय रहेका थिए । सन् २०१८ को पहिलो तीन महिनाको अवधिमा भारतबाट ३४ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
सरकारले अगाडि सारेको पर्यटन रणनीतिमा समेत पूर्वी तराई र मध्य तराईको पर्यटन समेत प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले नेपालको पर्यटनलाई विश्व बजारमा फैलाउन सहयोग पुगेको विश्वास व्यक्त गर्नुहुन्छ ।
नेपालको महत्वपूर्ण धार्मिकस्थल पशुपतिनाथ, मुक्तनाथ र जनकपुरको भ्रमणबाट धार्मिक पर्यटनलाई समेत आर्कषण गर्ने उहाँको भनाइ छ । सामाजिक सञ्जालमा समेत भारतीय प्रधानमन्त्रीको हजारांै नागरिक जोडिएकाले पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ छ ।
धार्मिक पर्यटनमा काम गर्दै आउनुभएका अभियन्ता विक्रम पाण्डे काजी भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण र रामायण सर्किटले नेपालको पर्यटन प्रवद्र्धनमा बहुआयामिक प्रभाव पर्ने बताउनुहुन्छ ।
जनकपुर आउने भारतीय पर्यटकलाई सेवा सुविधा उपलब्ध गराएर काठमाडौँको पशुपतिनाथ, पोखरा र मुक्तिनाथसम्म लैजान नेपाली पर्यटन व्यवसायीले विशेष प्याकेज ल्याउनुपर्ने पाण्डेको भनाइ छ ।
जनकपुरमा आज आयोजित नागरिक अभिनन्दन समारोह तथा जानकी मन्दिरको पूजापछि भारतीय प्रधानमन्त्रीले जनकपुर धार्मिक आस्थाको केन्द्र रहेको बताउनुभएको थियो । उहाँले मिथिला क्षेत्रको कला तथा संस्कृतिको प्रवद्र्धन गर्न सकिनेमा पनि जोड दिनुभएको थियो ।
रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...












