मुख्यमन्त्रीद्वारा जलाशयको अवलोकन
दाङ, २८ वैशाख । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले घोराही उपमहानगरपालिकाले स्थापना गरेको जलाशयहरुको अवलोकन गरेका छन् ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सिमसार क्षेत्र विस्तार गर्ने, पानीको मुहान बढाउने, स्रोतको संरक्षण गर्दै जलाशयबाट किसानले लाभ लिने उद्देश्यले निर्माण गरिएका जलाशयको
मुख्यमन्त्रीलाई अवलोकन गराएका हुन्।
घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडाको गँगटे, वडा नं १७ को ढिकपुर र आरोग्य जलाशयको मुख्यमन्त्री पोखरेलले अवलोकन गरेकाे हुन् ।
अवलोकन गर्दै मुख्यमन्त्री पोखरेलले पानीको स्रोत बढाउने र किसानलाई फाइदा पुग्ने खालका जलाशय निर्माणले दीर्घकालीन फाइदा पु¥याउने बताए । जलाशयलाई सुरक्षित बनाउँदै अधिकतम लाभ लिन उपमहानगर र स्थानीयवासीलाई आग्रह गरेका छन्।
जलाशय आसपासमा किसानले मकै र तरकारीखेती गरेर राम्रो आम्दानी गर्न समेत सफल भएका छन् । जलाशयलाई स्थानीयवासीले नै संरक्षण गर्नुपर्ने भन्दै अधिकतम लाभ लिनसमेत सुझाव दिए ।
जलाशयमा माछापालन र पानीबाट सिँचाइमा विशेष ध्यान दिँदै आयस्रोत बढाउने गरी प्रयोगमा ल्याउन मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।
मुख्यमन्त्री पोखरेलले घोराही १७ गुलरियामा निर्माणाधीन खेल मैदानको समेत अवलोकन गर्नुभएको छ । प्रदेशस्तरको रंगशाला बनाउने गरि आफूहरुले काम गर्ने समेत मुख्यमन्त्री पोखरेलले बताए ।रासस
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...













