कांग्रेस नेता महतको गाडीको ठक्करबाट प्याब्सनका उपाध्यक्ष राई घाइते
काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले चलाएको गाडीको ठक्करबाट काठमाण्डौ प्याब्सनका उपाध्यक्ष एवं इडन ब्रीज एकेडेमिका प्रिन्सिपल प्रेम राई घाइते भएका छन् ।
कवि तथा गीतकार समेत रहेका राई उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा न ४ का स्थानीयबासी हुन् । हाल उनी टोखा नगरपालिका धापासी बस्दै आएका छन् । वैशाख २६ गते बुधबार बिहान करीब ८:१५ बजे बासबारीमा माेटरसाईकल चलाक राईलाई द्रुत गतिमा आएको नेता महतकाे गाडीले ठक्कर दिएको हो । ठक्करबाट सामान्य घाइते भएका राई उपचार पश्चात् घर फर्केका छन् ।
घाइते राई भन्छन् ‘ देशको जिम्मेवार पार्टिका नेतृत्व तहमा बसेका मन्त्री सम्म भैसकेका ब्यक्तीले आफ्नो गाडिले दुर्घटना गराइसके पछि गाडिबाट झरेर रिपोर्ट लिने घाउ चाेटपटक बारे जानकारी लिने अस्पताल पुर्याइ दिनु पर्थ्यो । तर उहाँले त्यो कार्य गर्नुको सट्टा कुनै वास्ता नगरी आफ्नो गाडी दौडाउनु भयो। सामान्य भन्दा सामान्य मानबीय सम्बेदनशिलता जिम्मीवारी बोध देखाउनु नभएकोमा म खेद प्रकट गर्दछु। म त त्यही क्षेत्रको बासिन्दा हु जुन क्षेत्रबाट गत प्रतिनिधि सभाको चुनाबमा उम्मेद्वार हुनुभएको थियो। आफ्नो क्षेत्रको नागरिकलाई त वहाको यस्तो अपाच्य व्यवहार हुन्छ भने सारा देसबासिले वहाबाट के आसा गर्ने ? यसबाट देश र जनता प्रती नेताहरु गैर जिम्मेवार हुँदै गएको कुरा प्रस्ट हुन्छ। वहा साच्चै जिम्मेवार नेता हो भने के गर्नु पर्छ वहालाई भन्न आवस्यक छैन वहाले बुझ्ने कुरा हो।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












