दुई हजार बोतल च्याउको बीउ उत्पादन
कञ्चनपुर, ३१ वैशाख । कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले चालू आवमा दुई हजार ११६ बोतल कन्याजातको च्याउको बीउ उत्पादन गरेको छ ।
प्रयोगशालालाई बीउ उत्पादनका लागि दुई हजार बोतलको लक्ष्य दिइएको भए पनि बढ्दो मागका कारण लक्ष्यभन्दा बढी बीउ उत्पादन गरेको हो ।
उत्पादित गुणस्तरीय बीउ रु २५ प्रतिबोतलका दरले बिक्री गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले बताउनुभयो ।
च्याउको बीउको माग अधिक छ उहाँले भन्नुभयो “कार्यालयको बजेटले धान्दैन ।” चालू आवमा च्याउको बीउ उत्पादनका लागि रु एक लाख २० हजार बजेट विनियोजन गरिएको थियो । बीउ उत्पादनका लागि विनियोजन गरेको बजेट केमिकल, कल्चर गर्ने कार्य, गहुँको बीउ खरिद गर्नेलगायतमा खर्च हुने गरेको छ ।
यहाँ उत्पादित च्याउको बीउ प्रदेश नं ७ को पहाडी जिल्लासहित तराईका कैलाली कञ्चनपुरमा खपत हुने गरेको छ । प्रयोगशालाले उत्पादन गरेको बीउको प्रयोग गरी मौसमी र बेमौसमी रुपमा व्यावसायिक खेती गर्ने किसानको संख्या यहाँ बढ्दो छ । गत आवमा प्रयोगशालाले दुई हजार बोतल च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिइएकोमा चार हजार २४२ बोतल च्याउको बीउ उत्पादन गरेको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













