पहिरो खस्दै गाडी पनि दौडिदै
रत्ननगर, चितवन ४ जेठ। चितवनको नारायणगढमुग्लिन सडकखण्डको निर्माण अन्तिम चरणमा पुगे पनि पहिरो खस्ने क्रम नरोकिँदा जोखिम बढ्दो छ । सडकको भरपर्दो विकल्प नहुँदा पहिरो खस्ने क्रम जारी भइरहेकाले जोखिम मोलेरै पनि सवारी साधनको आवागमन भइरहेको छ ।
आज बिहान ९।३० बजे चितवनको जलबिरे नजिकै माथिबाट रुख र ढुंगासहितको पहिरो खस्दै थियो । पहिरो खस्दै गर्दा पनि छलेर सवारी आवतजावत गरिरहेका देखिन्थे ।
ठूला ठूला ढुंगा बाटोमा आइपुग्दा गाडीका सवारी चालक र सहचाल मिलेर पहिरो पन्छाएर नारायणगढ मुग्लिन सडकमा यातायात सञ्चालन भइरहेको छ ।
आज बिहान सो सडक यात्रा गर्दा दर्जनौ स्थानमा पहिरो खस्न लागेको देखिन्थ्यो भने कतिपय स्थानमा सडकभरी पहिरोसँग आएको ढुंगा यत्रतत्र थियो । मुख्यगरी जलबिरेदेखि कालीखोला हुँदै मुग्लिनसम्मको सडक उच्च जोखिममा छ । कतिबेला पहिरो खसेर मानिस र सवारी साधनलाई थिच्ने हो भन्ने चिन्तामा सवारी चालक र यात्रु छन् ।
बिहीबार पहिरो खसेर केही घण्टा अवरुद्ध भएको उक्त सडकखण्डमा गएराति ठूलो पानी परेकाले बिहानै ठाउँठाउँमा पहिरो खसिरहेका दृष्य यात्रुहरुले देखे ।
इच्छकामना– ३ लेवाटारका शिवप्रसाद शर्माले यो ठाउँमा राति ठूलो पानी परेकाले पहिरो खसेको बताए । लेवाटारमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका शर्माले सडकयात्राका क्रममा आफैं असुरक्षित महसुस हुनुका साथै सडकका कारण व्यवसाय नै धरापमा परेको उल्लेख गरे ।
नारायणगढबाट मुग्लिन जाँदै गरेका पर्यटन विज्ञ विश्वराज सुवेदी पनि यसैगरी पहिरो खस्दै गर्दा जलबिरे पुगे । ‘पहिरो खस्दै छ, गाडी गुड्दै छ, आज यस्तो जोखिममा यात्रा गर्नुप¥यो, सुवेदीले भने, ढुंगा र रुख एकैचोरी खस्दा हामी अगाडि भएका दुईवटा कारलाई झण्डै थिचेन ।’
उक्त कार पहिरो खस्न थालेकाले ब्याक गरेर जोगिएको थियो । मुग्लिनबाट आएका गाडि पनि जोखिममा परेकाले हतारहतार गरेर पहिरो खस्दै गर्दा पनि बाटो पार भएका थिए । नारायणगढ मुग्लिन सडकको धेरै स्थानमा कालोपत्रे भए पनि भित्तो काटिएको स्थान आलै छ । त्यसैले पानी पर्दा यहाँ माथिबाट पहिरो खस्ने गर्छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाले पहिरो रोकथामका उपाय अपनाएर विभिन्न क्षेत्रमा रुख बिरुवा रोपेको भए पनि प्रभावकारी हुनसकेको छैन । जोखिम क्षेत्रमा जाली लगाइए पनि पहिरो खसिरहेको छ ।
बर्खा नलाग्दै पहिरोको उच्च जोखिम बढेकाले मध्य बर्खामा यहाँ अझै जोखिम बढ्ने देखिएको आज सोही सडकको यात्रा गरेका चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनालीले बताए । उनीसँगै चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष भोजराज कौडेल, पर्यटन संयोजक अशोक अधिकारी, होटल व्यवसायी संघका जिल्ला अध्यक्ष कमल शर्मा, चितवन पर्यटन विकास समितिका सचिव सुदिप भट्टले पनि जोखिम मोलेरै यात्रा गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पन्तले वर्षासँगै जोखिम हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई आग्रह गरे ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












