क्युवा विमान दुर्घटनामा यात्रारत सबैको मृत्यु , हामीले कसैलाई पनि बचाउन सकेनौँ : क्युवाका यातायात मन्त्री
हवाना, क्युवा, ६ जेठ। क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा घाइते भएका तीन जनाको समेत उपचारका क्रममा निधन भएको क्युवाले जनाएको छ । यसअघि आइतबार दिइएको जानकारीमा १०७ जना हवाई यात्रुको मृत्यु भएको र तीन जना गम्भीर अवस्थामा उपचाररत रहेको जनाइएको थियो ।
क्युवाका यातायात मन्त्री अब्देल येजक्वीर्दोले घाइते तीन महिलाको पनि निधन भएको जानकारी गराउँदै भने, हामीले कसैलाई पनि बचाउन सकेनौँ । विमानमा सवार ११० जनामध्ये ९९ जना क्युवाली नागरिक, ६ जना मेक्सिकोका चालक दलका सदस्यसहित अन्य ११ जना विदेशी रहेको पुष्टि भएको छ ।
आइतबार अपरान्ह्सम्म १५ मृतकको शनाखत भएको छ भने बाँकी अन्य मृत शरिरको शनाखत हुनसकेको छैन ।
क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको करिब ४० वर्ष पूरानो बोइङ ७३७ मा यात्रारत चालकदलका सदस्यसहित ११० जना यात्रारत विमान दुर्घटना हुँदा विमानका १०७ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने तीन जना महिलालाई सख्त घाइते अवस्थामा विमानबाट उद्धार गरिएको थियो ।
हवानास्थित जोस मार्टी विमानस्थलबाट आन्तरिक उडानमा पूर्वी होलगुइका लागि उडेको केही समयमा दुर्घटनाग्रस्त भएको विमानमा दुई अजेन्टिनी नागरिकसहित पाँचजना विदेशी थिए भने अन्य प्राय सवै क्युवाली नागरिक रहेका थिए । विमान चालक दलका छ जना सदस्य भने मेक्सिकोका नागरिक भएको बताइएको थियो ।
क्युवामा शनिबार बिहानैदेखि आइतबार मध्यरातसम्म मृतकको सम्झनामा शोक मनाउने घोषणा भएको छ ।
राष्ट्रपति केनल दुर्घटनापछि उद्धार भइरहँदा दुर्घटनास्थलमा पुगेर उद्धार कार्यको प्रत्यक्ष निरीक्षण गनुभएको स्थानीय सञ्चारमाध्यमले देखाएका थिए । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...













