कर्मचारीको उमेर हदबन्दी ५८ वर्ष कायमै
काठमाडौँ, ७ जेठ । सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदा ६० वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिल्यैकै ५८ वर्ष कायम गर्न थालेको बताए ।
उनले पुनः ५८ वर्षे उमेर हदबन्दीलाई कायम गर्न संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्ताव पठाइएको बताए ।
यसअघि काशीराज दाहाल अध्यक्ष रहेको उच्चस्तरीय प्रशासनिक सुधार सुझाव समितिको सुझावअनुसार निजामती कर्मचारीको उमेरको हदबन्दी ६० वर्ष राख्ने प्रस्तावलाई मन्त्रालयले सहमति जनाउँदै ऐनको मस्यौदमा राखेको थियो ।
‘‘समितिको सुझावअनुसार हामीले ऐनको मस्यौदमा सेवानिवृत्तको उमेर हदबन्दी ६० वर्ष राखेका थियाे,’’ उनले भने, ‘‘तर पछि अध्ययनका क्रममा उक्त उमेर व्यावहारिक नहुने भएकाले पुनः पहिल्यकै ५८ वर्ष राख्ने भनेर प्रस्ताव पठाएका छौँ ।’’ अहिले निजामती सेवा ऐन कानुन मन्त्रालयमा स्वीकृतका लागि पठाइएको छ ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...













