महानगरले बनायो काम नगर्ने ठेकेदारको सुची, कारबाही लागि गृहमा पठाइदै
काठमाडौं ८,जेठ । काठमाडाैं महानगरपालिकाले समयमै कान नसक्ने ठेकेदारको नाम सहित सुची तयार पारेको छ । उक्त सुची महानगरले मंगलबार गृहमन्त्रालयमा बुझाउदै छ ।
महानगरको शहरी पूर्वाधार विभाग प्रमुख इन्जिनियर रामबहादुर थापाका अनुसार करिब १६५ वटा आयोजना सञ्चालनमा छन् । धेरैजसो आयोजना सडक निर्माण र मर्मतका छन भने ढल निर्माण र भवन निर्माणलगायतमा पनि काम जारी छ । तीमध्ये ४ वटा कम्पनी काम अलपत्र छाडेर हिडेको उनले जनाए ।
‘महानरभित्रका ४ वटा प्रोजेक्ट अलपत्र छन्,’ प्रमुख थापाले भने, ‘विविध कारणले ३ देखि ६ महिना ढिला हुने प्रोजेक्ट रहेका छन्। ती प्रोजेक्टको काम र प्रगति हेरेर समय थप्ने काम गरेका छौं।’
थापाका अनुसार बाटो बिस्तार र मर्मतका ठेक्कामा समयमै सकिएका छैनन्। यसमा एकातिर ठेकेदार र निर्माण कम्पनीको लापरबाही हुन्छ भने अर्कातिर स्थानीय अवरोध हुन्छ।
‘स्थानीय २/४ जनाले घर नभत्काउँदा र पर्खाल नसार्दा पनि काममा ढिला हुन्छ। त्यसपछि के निहुँ पाउँ कनिका पोखौं भन्ने भएका ठेकेदार झन् लापरवाही गर्छन्,’ थापाले भने।
गृहमन्त्री रामबहादुर थापाले समयमा काम नसक्ने ठेकेदारलाई पक्रन निर्देशन दिएपछि महानगरले काम नगर्नेलाई थप कारबाही गर्न मन्त्रालयमा सूची दिन लागेको हो।
‘मन्त्रीज्यूको यो निर्णयले हामीलाई थप हिम्मत जुटेको छ। हामीले त कारबाही मात्रै गर्थ्यौं। उहाँको निर्णयले थुन्ने काम नै गर्ने भएको छ। यसले उनीहरू काम छिटो सकाउन लागि पर्ने पक्का छ,’ उनले भने, ‘निर्णय आएसँगै हामीले छिटो काम गर्नुस् हामी बचाउन सक्दैनौं। सिडियो कार्यालय र मन्त्रायलले त्यो काम गर्छ भनेका छौं।’
जेठ ३ गते गृहमन्त्री थापाले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारहरूको सूची बनाएर मन्त्रालय पठाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएका थिए।
गृहमन्त्री थापाको निर्देशन अनुरूप मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरूलाई जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बर समेतका विवरण एक साताभित्र तयार गरी मन्त्रालयमा पठाउने भनेको थियो।
सबैतिरबाट सूची आइसकेपछि उनीहरूमाथि कारवाही गर्ने मन्त्रालयको तयारी छ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












