बर्डफ्लूले सत्तरी लाखको क्षति
चितवन, ८ जेठ । बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख चेतनारायण खरेलका अनुसार संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुरा, २३ वटा स्थानीय कुखुरा, १४४ वटा हाँस, चारवटा बोइलर कुखुरा, ६०७ किलो दाना तथा १२ हजार ७२६ वटा अण्डा नष्ट गरिएको छ ।
नष्ट गरिएकामध्ये भर्खर अण्डा दिन लागेका कुखुरालाई प्रति कुखुरा रु पाँच सय र अण्डा दिएर सक्ने बेला भएकालाई प्रति कुखुरा रु तीन सय लागत मूल्य सिफारिस गरिएको छ । बर्डफ्लू रोग नियन्त्रण आदेश २०६४ ले अधिकतम ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको छ ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार अण्डा दिन शुरु गरेका लेयर्स कुखुराको लागत मूल्य रु ६०० पर्छ भने अण्डा दिएर सकिन लागेका कुखुराको लागत मूल्य रु ३५० पर्छ । दुवैखाले कुखुरा मारिएकाले सरदर रु ४७५ प्रतिलागत मूल्य पर्न जाने उहाँले बताउनुभयो । रु छपन्न लाख ७६ हजार मूल्यको एघार हजार ९५० लेयर्स कुखुरा नष्ट गरिएको छ ।
जिल्लामा उच्च सतर्कता
जिल्ला पशुसेवा कार्यालयका प्रमुख खरेलका अनुसार संक्रमित क्षेत्रका पक्षीजन्य वस्तु नष्ट गरिसकेकाले अब जिल्ला बर्डफ्लूमूक्त भएको छ । ती क्षेत्रमा ४२ दिनसम्म पक्षी पाल्न रोक लगाइएको छ ।
जिल्लामा उत्पादन भएका पक्षीजन्य उत्पादन अन्य जिल्लामा पठाउन रोक लगाइएको छैन । खरेलले भन्नुभयो, “जिल्लामा देखिएको बर्डफ्लू अहिले नियन्त्रणमा छ । नियमित चेकजाँच र परीक्षण भइरहेको छ । किसानलाई जैविक सुरक्षाका लागि आह्वान गरिएको छ ।” प्राविधिक टोलीले नियमित निगरानी गरिरहेको र खोजी गरिरहेको उनले बताए ।
रोग नभएकाले पक्षीजन्य पदार्थ राम्रोगरी पकाएर खाँदा मानव स्वास्थ्यमा कुनै असर नपर्ने भएकाले ढुक्कसँग खान सकिने खरेलले बताउनुभयो । किसानलाई माक्स लगाएर सुरक्षित ढंगले फर्ममा काम गर्न आग्रह गरिएको छ । संकटग्रस्त क्षेत्रमा पक्षीजन्य पदार्थ नष्ट गर्न आउनु भएका गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयका प्रमुख डा डिल्लीराम सेढार्इंले जाडो महिनामा देखिने ‘एचफाईव एन वान’ भाइरसले रुप परिवर्तन गरी गर्मी महिनामा पनि देखिएकाले खतरा बढेको भन्दै जैविक सुरक्षामा ध्यान दिन किसानलाई आग्रह गरिएको बताए ।
नेपालमा सन् २००९ मा झापामा पहिलो पटक बर्डफ्लू देखिएको थियो । सन् २०१० मा पहिलो पटक चितवनमा बर्डफ्लू देखापरेको हो । चारवर्ष अघि जिल्लामा बर्डफ्लूका कारण पोल्ट्री क्षेत्रमा ठूलो नोक्सानी भएको थियो । नेपालमा पालिने कुखुरामध्ये झण्डै आधा चितवनमा पाल्ने गरिन्छ । रासस
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...













