यातायातका महानिर्देशकलाई हटाउदा किन बोलेनन् प्रधानमन्त्री ?
जेठ, काठमाडौं । नेपालमा समस्याको रुपमा रहेको सिन्डिकेटको अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा आेलिको घोषणालाई दिल ज्यान दिएर लागेका थिए यातायात व्यवस्था विागका महानिर्देशक रुपनारायण भट्टराई ।
भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ यातायात व्यवसायीहरुप्रति लचिलो हुँदाहुँदै भट्टराईले सिन्डिकेट तोड्ने प्रधानमन्त्रीको घोषणा र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को एक्सनलाई व्यवहारमा लागु गरेर सरकारको वाहवाही गर्न लायक कामको नमुना देखाइदिएका थिए ।
सिन्डिकेट तोड्न दिनरात खटेका भट्टराई मन्त्रालयमा तानिए तर, यतिबेला प्रधानमन्त्री अोलि चुपचाप छन् । आमरुपमा जनता भने यसको बारेमा चासो व्यक्त गरिरहेका छन् ।
भट्टराई मन्त्रालयमा तान्ने कुरामा प्रधानमन्त्री जानकार थिए तर उनले किन भट्टराईलाई रोक्ने बिषयमा किन बोलेनन् ? स्रोतकाअनुसार यातायात मन्त्री रघुवीर महासेठले महानिर्देशकलाई फिर्ता बोलाउने निर्णय लिँदा प्रधानमन्त्रीसँग नै परामर्श गरेका थिए ।
प्रधानमन्त्री पहिल्यै महानिर्देशकसँग असन्तुष्ट थिए । यसको कारण थियो, टेम्पो नथप्ने अडान ।
‘पृथ्वी विद्युतीय यातायात कम्पनी प्रालि’ले काठमाडौंका नदी कोरिडोरहरुमा १२ सिटका ३० वटा विद्युतीय टेम्पो चलाउने प्रस्ताव विभागमा राखेको थियो । कम्पनीका सञ्चालक पृथ्वीध्वज डाँगी प्रधानमन्त्रीसँग राम्रो सम्वन्ध भएका व्यवसायी हुन् ।
तर, विभागले दुर्घटनाको जोखिम भएको र प्रस्तावित विद्युतीय टेम्पोको प्राविधिक अवस्था पनि कमजोर देखिएकाले तत्कालै अनुमति नदिने अडान लिएको थियो । महानिर्देशक भट्टराईले उपत्यकामा वैज्ञानिक रुपमा रुट तोकेर मात्रै नयाँ टेम्पो चलाउन दिनुपर्ने अडान लिएपछि प्रधानमन्त्री असन्तुष्ट बनेका थिए ।
विभागले अनुमति नदिएपछि प्रधानमन्त्री कार्यालयले यातायात मन्त्रालय र विभागलाई लिखित रुपमा निर्देशन दिएको पाइएको छ । तर, महानिर्देशक भट्टराई भने ‘अनुपयुक्त निर्णय’ गर्न नसकिने भन्दै पन्छिए । उनले यसबारे निर्णय गर्न मन्त्रालयलाई नै बाटो खुला गर्दै फाइल मन्त्रीको टेबलमा पुर्याइदिएका थिए ।
यसबाट प्रधानमन्त्री असन्तुष्ट बनेको र भौतिक पूर्वाधारमन्त्री महासेठले यसै विषयलाई आधार बनाएर उनलाई हटाउन कन्भिन्स गरेको विभाग स्रोत बताउँछ ।
विभागले पछिल्ला समयमा उपत्यकामा ठूला सवारीलाई प्राथमिकता दिने नीति लिएको छ । भित्री रुटहरुमा भने टेम्पो र माइक्रो चलाउन सकिने बताएको छ ।
तर, विना योजना टेम्पो नथप्ने अडान लिँदा महानिर्देशकलाई हटाउने बाटो पाएको विभागका एक अधिकारीले बताए ।
यस्तै बंगलादेशबाट आउने ‘रनर’ बाइकमा प्राविधिक कमजोरी भएको भन्दै विभागले फाइल रोकेको थियो । यसको नेपाल डिस्ट्रब्युटर कम्पनी रमण मोटर्समा महासेठ नजिकका आफन्तको लगानी छ । त्यही फाइलमा प्राविधिक प्रश्न उठाएका कारण पनि मन्त्री विभागका महानिर्देशकसँग रुष्ट थिए ।
उसो त सिन्डिकेटविरुद्ध अभियान सुरु गर्नुअघि भट्टराईको कार्यशैलीमाथि प्रश्न उठेको थियो । त्यसले पनि उनलाई हटाउन सहज भएको बताउँछ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले भने विभागका भन्दा मन्त्रालयमा महत्वपूर्ण काम गर्नुपर्ने भएकाले तानिएको स्पष्टीकरण दिएका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












