यातायातका महानिर्देशकलाई हटाउदा किन बोलेनन् प्रधानमन्त्री ?
जेठ, काठमाडौं । नेपालमा समस्याको रुपमा रहेको सिन्डिकेटको अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा आेलिको घोषणालाई दिल ज्यान दिएर लागेका थिए यातायात व्यवस्था विागका महानिर्देशक रुपनारायण भट्टराई ।
भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ यातायात व्यवसायीहरुप्रति लचिलो हुँदाहुँदै भट्टराईले सिन्डिकेट तोड्ने प्रधानमन्त्रीको घोषणा र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को एक्सनलाई व्यवहारमा लागु गरेर सरकारको वाहवाही गर्न लायक कामको नमुना देखाइदिएका थिए ।
सिन्डिकेट तोड्न दिनरात खटेका भट्टराई मन्त्रालयमा तानिए तर, यतिबेला प्रधानमन्त्री अोलि चुपचाप छन् । आमरुपमा जनता भने यसको बारेमा चासो व्यक्त गरिरहेका छन् ।
भट्टराई मन्त्रालयमा तान्ने कुरामा प्रधानमन्त्री जानकार थिए तर उनले किन भट्टराईलाई रोक्ने बिषयमा किन बोलेनन् ? स्रोतकाअनुसार यातायात मन्त्री रघुवीर महासेठले महानिर्देशकलाई फिर्ता बोलाउने निर्णय लिँदा प्रधानमन्त्रीसँग नै परामर्श गरेका थिए ।
प्रधानमन्त्री पहिल्यै महानिर्देशकसँग असन्तुष्ट थिए । यसको कारण थियो, टेम्पो नथप्ने अडान ।
‘पृथ्वी विद्युतीय यातायात कम्पनी प्रालि’ले काठमाडौंका नदी कोरिडोरहरुमा १२ सिटका ३० वटा विद्युतीय टेम्पो चलाउने प्रस्ताव विभागमा राखेको थियो । कम्पनीका सञ्चालक पृथ्वीध्वज डाँगी प्रधानमन्त्रीसँग राम्रो सम्वन्ध भएका व्यवसायी हुन् ।
तर, विभागले दुर्घटनाको जोखिम भएको र प्रस्तावित विद्युतीय टेम्पोको प्राविधिक अवस्था पनि कमजोर देखिएकाले तत्कालै अनुमति नदिने अडान लिएको थियो । महानिर्देशक भट्टराईले उपत्यकामा वैज्ञानिक रुपमा रुट तोकेर मात्रै नयाँ टेम्पो चलाउन दिनुपर्ने अडान लिएपछि प्रधानमन्त्री असन्तुष्ट बनेका थिए ।
विभागले अनुमति नदिएपछि प्रधानमन्त्री कार्यालयले यातायात मन्त्रालय र विभागलाई लिखित रुपमा निर्देशन दिएको पाइएको छ । तर, महानिर्देशक भट्टराई भने ‘अनुपयुक्त निर्णय’ गर्न नसकिने भन्दै पन्छिए । उनले यसबारे निर्णय गर्न मन्त्रालयलाई नै बाटो खुला गर्दै फाइल मन्त्रीको टेबलमा पुर्याइदिएका थिए ।
यसबाट प्रधानमन्त्री असन्तुष्ट बनेको र भौतिक पूर्वाधारमन्त्री महासेठले यसै विषयलाई आधार बनाएर उनलाई हटाउन कन्भिन्स गरेको विभाग स्रोत बताउँछ ।
विभागले पछिल्ला समयमा उपत्यकामा ठूला सवारीलाई प्राथमिकता दिने नीति लिएको छ । भित्री रुटहरुमा भने टेम्पो र माइक्रो चलाउन सकिने बताएको छ ।
तर, विना योजना टेम्पो नथप्ने अडान लिँदा महानिर्देशकलाई हटाउने बाटो पाएको विभागका एक अधिकारीले बताए ।
यस्तै बंगलादेशबाट आउने ‘रनर’ बाइकमा प्राविधिक कमजोरी भएको भन्दै विभागले फाइल रोकेको थियो । यसको नेपाल डिस्ट्रब्युटर कम्पनी रमण मोटर्समा महासेठ नजिकका आफन्तको लगानी छ । त्यही फाइलमा प्राविधिक प्रश्न उठाएका कारण पनि मन्त्री विभागका महानिर्देशकसँग रुष्ट थिए ।
उसो त सिन्डिकेटविरुद्ध अभियान सुरु गर्नुअघि भट्टराईको कार्यशैलीमाथि प्रश्न उठेको थियो । त्यसले पनि उनलाई हटाउन सहज भएको बताउँछ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले भने विभागका भन्दा मन्त्रालयमा महत्वपूर्ण काम गर्नुपर्ने भएकाले तानिएको स्पष्टीकरण दिएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












