प्रदेश नं २ को जेठ १३ देखि बर्खे अधिवेशन
महेन्द्रनगर, धनुषा, ८ जेठ। प्रदेश नं २ को वर्खे अधिवेशन यही जेठ १३ गतेका लागि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गरेका छन् ।
प्रदेशसभाको दोस्रो अधिवेशनबाट प्रदेश सरकारले नीति र बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेशसभाको २६औँ बैठकले यही जेठ ३ गते राति १२ बजेदेखि लागू हुनेगरी पहिलो अधिवेशन अन्त्य गरेएको थियो । प्रदेशसभा तथा सरकार सञ्चालनका लागि महत्वपूर्ण कानून निर्माण गर्न ढिलाइ भइरहेकाले जेठ १३ गतेका लागि वर्खे अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । वर्खे अधिवेशनको प्रथम बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयका उपसचिव रञ्जित यादवले जानकारी दिए ।
आगामी अधिवेशनले पहिलो अधिवेशनमा टेबुल भएका विधेयकमाथिको छलफललाई निरन्तरता दिनेछ । उक्त अवधिमा प्रदेश सरकारले पेश गरेका विभिन्न आठ वटा विधेयकमध्ये मात्र दुई वटा विधेयक पारित भएका थिए ।
प्रदेशसभा सचिवालयमा दर्ता रहेका विधेयकमा जिल्ला समन्वय समिति, नगरसभा र गाउँसभाका सदस्यले पाउने सुविधासम्बन्धी विधेयक, जिल्ला, नगर र गाउँसभा बैठक सञ्चालनसम्बन्धी विधेयक, सार्वजनिक लिखत प्रमाणीकरण विधेयक र मन्त्रिपरिषद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक छन् ।
यीबाहेक अन्य सात वटा विधेयकको मस्यौदा सरकारले टुंगो लगाइसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव देवीराम भण्डारीले बताए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...













