चितवनबाट नेकपाको अध्यक्षसहित १७ जनाको प्रतिनिधित्व
चितवन, १० जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षसहित चितवनका १७ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।
देशको मध्यभागमा रहेर पनि राजधानीसहित अन्य अवसरबाट वञ्चित जिल्लाबाट सत्तासिन दलमा केन्द्रीय अध्यक्ष र १६ जना सदस्यले प्रतिनिधित्व गर्न पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज ईश्वरी भट्टराईका अनुसार केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल र नेता रामबहादुर थापा नौ सदस्यीय सचिवालयमा पर्नुभएको छ । त्यसैगरी तत्कालीन माओवादी केन्द्रबाट ११ जना र तत्कालीन नेकपा (एमाले)बाट छजनाले केन्द्रमा प्रतिनिधित्व गर्ने अवसर पाएको उनले बताए ।
तत्कालीनको माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाल, डिआर पौडेल, सूर्य सुवेदी, सन्तु दराई, ईश्वरी भट्टराई, रेणु दाहाल, गंगा बेल्बासे र ज्ञानु बस्नेत केन्द्रीय सदस्य बनेको भट्टराईले बताए ।
त्यस्तै तत्कालीन एमालेबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पौडेल, केशवलाल श्रेष्ठ र कृष्ण खनाल केन्द्रीय सदस्य बनेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












