चितवनबाट नेकपाको अध्यक्षसहित १७ जनाको प्रतिनिधित्व
चितवन, १० जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षसहित चितवनका १७ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।
देशको मध्यभागमा रहेर पनि राजधानीसहित अन्य अवसरबाट वञ्चित जिल्लाबाट सत्तासिन दलमा केन्द्रीय अध्यक्ष र १६ जना सदस्यले प्रतिनिधित्व गर्न पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज ईश्वरी भट्टराईका अनुसार केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल र नेता रामबहादुर थापा नौ सदस्यीय सचिवालयमा पर्नुभएको छ । त्यसैगरी तत्कालीन माओवादी केन्द्रबाट ११ जना र तत्कालीन नेकपा (एमाले)बाट छजनाले केन्द्रमा प्रतिनिधित्व गर्ने अवसर पाएको उनले बताए ।
तत्कालीनको माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाल, डिआर पौडेल, सूर्य सुवेदी, सन्तु दराई, ईश्वरी भट्टराई, रेणु दाहाल, गंगा बेल्बासे र ज्ञानु बस्नेत केन्द्रीय सदस्य बनेको भट्टराईले बताए ।
त्यस्तै तत्कालीन एमालेबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पौडेल, केशवलाल श्रेष्ठ र कृष्ण खनाल केन्द्रीय सदस्य बनेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












